सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त, प्रधानन्यायाधीशपछि पहिलो महिला प्रधानमन्त्रीको नयाँ इतिहास

नियुक्ति

सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त, प्रधानन्यायाधीशपछि पहिलो महिला प्रधानमन्त्रीको नयाँ इतिहास

sushila-karki (1)

काठमाडौं : पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त भएकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ अनुसार कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन्।

संविधानको धारा ६१ मा राष्ट्रपतिसम्बन्धी प्रावधान रहेको छ। जसको उपधारा ४ मा संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ भनिएको छ। सोही उपधारालाई टेकेर कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरिएको स्रोतले बताएको छ।

कार्की नेपालको पहिलो महिला प्रधानमन्त्रीका रुपमा नाम लेखाउने व्यक्ति बनेकी छन् ।

देशकै पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीलाले अहिलेको संकटको बेला देशको बागडोर सम्हाल्नेछिन् ।

कार्की सर्वोच्च अदालतकी पनि प्रथम महिला प्रधानन्यायाधीश हुन् । रोचक के छ भने तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीको अध्यक्षताको संवैधानिक परिषद्ले सर्वोच्च अदालतले प्रधानन्यायाधीश पदमा उनको नाम सिफारिस गरेको थियो । अहिले उनै ओलीको आकस्मिक र अप्रिय बहिर्गमनपछि सुशीलाले देशको नेतृत्व सम्हाल्ने भएकी हुन् ।

कार्की न्यायपालिकामा भ्रष्टाचारविरूद्ध शून्य सहिष्णुताको लागि चर्चित छिन् । उनी प्रधानन्यायाधीशबाट बाहिरिएपछि नागरिक अभियन्ताका रुपमा सक्रिय छिन् । आफ्नो खरो स्वभाव र स्पष्ट वक्ताका कारण उनी चर्चित पनि छिन् ।

प्रधानन्यायाधीश रहेका समयमा सुशीलाविरुद्ध तत्कालीन सत्ता गठबन्धनका सांसदहरूले महाभियोगको प्रस्ताव दर्ता गरेका थिए । तर त्यो सफल हुन सकेन । कार्कीविरुद्ध १७ वैशाख २०७६ मा सत्तारूढ गठबन्धनका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका २ सय ४९ सांसदको हस्ताक्षरसहित महाभियोग प्रस्ताव संसद् सचिवालयमा दर्ता भएको थियो । नेकपा एमालेका कारण फेल भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ