जेन-जी आन्दोलनका घाइते भेट्न अस्पतालहरूमा प्रधानमन्त्री कार्की

जेन-जी आन्दोलनका घाइते भेट्न अस्पतालहरूमा प्रधानमन्त्री कार्की

Sushila-Karki_PM

प्रधानमन्त्री सुशीला कार्की जेनजी आन्दोलनमा घाइते भएका युवाहरूसँग भेटघाट गरेकी छिन्।

उनले विभिन्न अस्पतालहरूमा पुगेर उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थबारे जानकारी लिएकी हुन्।

कार्कीले वीर अस्पतालको ट्रमा सेन्टर र बानेश्वरस्थित सिभिल अस्पतालमा पुगेर घाइतेहरूलाई भेटेकी हुन्।

त्यस्तै आन्दोलनका क्रममा क्षतिग्रस्त भएका केही प्रहरी चौकीहरूको पनि उनले स्थलगत अनुगमन गर्ने बताइएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ