प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै चीनले भन्यो– नेपालीले रोजेको विकासको मार्गलाई सम्मान गर्छौं

प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै चीनले भन्यो– नेपालीले रोजेको विकासको मार्गलाई सम्मान गर्छौं

china karki

काठमाडौं । चीनले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति भएकोमा सुशीला कार्कीलाई बधाइ दिएको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन चेनले अन्तरिम प्रधानमन्त्रीको शपथ लिएकी कार्कीलाई बधाइ दिएका हुन्।

पत्रकारहरूले सोधेको प्रश्नमा प्रवक्ताले टिप्पणी गर्दै भने, हामी नेपालसँग मिलेर पाँच सिद्धान्तको शान्तिपूर्ण सहअस्तित्वलाई प्रवर्द्धन गर्ने, विभिन्न क्षेत्रमा आदानप्रदान र सहकार्य बढाउने र द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने तत्परता व्यक्त गर्दछौँ।

प्रवक्ताले चीन–नेपालको मित्रता पुरानो र दृढ रहेको बताएका छन्। चीनले सधैं नेपाली जनताले स्वतन्त्र रूपमा रोजेको विकासको मार्गलाई सम्मान गर्ने उनले बताए।

जेनजी प्रतिनिधिहरूको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ अनुसार पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds