काठमाडौं — नवनियुक्त प्रधानमन्त्री शुशीला कार्कीले आइतबारदेखि पदभार सम्हालेकी छन्।
जेन-जी आन्दोलनका मागलाई सम्बोधन गर्दै शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आइतबार सिंहदरबारमा पदभार ग्रहण गरेका हुन्। त्यसअघि उनले सहिद स्मारक लैनचोर पुगेर सहितहरुको सालिकमा माल्यार्पण गरेकी थिइन्।
यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय रहेको भवनमा आगजनी भएपछि गृह मन्त्रालय रहेको भवनमा कार्यालय सारेर नवनियुक्त प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गरेकी हुन्।
२०७२ सालमा भूकम्पले क्षति गरेपछि प्रधानमन्त्री कार्यालय पुनर्निमाण गरिएको थियो । त्यसअघि हालको गृह मन्त्रालयमा प्रधानमन्त्री कार्यालय सञ्चालनमा रहेको थियो।
मृत्यु भएकालाई शहीद घोषणा, प्रत्येकका परिवारलाई १० लाख राहत

जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने भएको छ ।
आज पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले यही निर्णयमा हस्ताक्षर गरेकी छन् । यो जानकारी मुख्य सचिव एकनारायण अर्यालले दिएका हुन् ।
उनका अनुसार आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको छ । १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु