जेन–जी आन्दोलनपछिको विषम परिस्थितिमा सुरक्षा चुनौती बढेपछि नागरिकस्तरबाटै शान्तिसुरक्षाका लागि पहल सुरु भएको छ ।
प्रहरीहरू नै तितरबितर भएको र जेलबाट ठूलो संख्यामा कैदी भागेकाले चोरी तथा लुटपाटको जोखिम बढेपछि टोल सुरक्षा समिति बनाउनेदेखि प्रहरीलाई पुनर्स्थापित गर्ने अभियान नै सुरू गरिएको छ ।
२३ र २४ भदौमा भएको जेन-जी आन्दोलनमा तोडफोड र आगजनी गरिएका प्रहरी कार्यालयमा नागरिक स्तरबाटै सहयोग प्रदान गरिन थालिएको हो ।
पोखरामा पनि कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघ कास्कीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय, कास्कीलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ।
क्यान महासंघ कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले प्रहरी कार्यालयका आधिकारिक व्यक्तिलाई डेस्कटप कम्प्युटर सेट र एक थान थ्री इन वान मल्टिफंक्सन प्रिन्टर हस्तान्तरण गरेका हुन्। यस सहयोगले प्रहरी कार्यालयको कम्प्युटर सम्बन्धी काम सञ्चालन गर्न सहयोग पुग्नेछ ।
क्यान महासंघ कास्कीले यसै दुःखद घटनाबाट प्रभावितप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रहरी कार्यालयलाई आवश्यक उपकरण हस्तान्तरण गरेको हो । अध्यक्ष कुँवरले यस कदमले प्रहरी कार्यालयको प्रशासनिक कार्यसम्पादन र सेवा प्रवाहमा थप सहजता ल्याउने विश्वास व्यक्त गरे ।
‘समाजको सुरक्षाका लागि अग्रपंक्तिमा खटिने प्रहरीप्रति सहयोग गर्नु हाम्रो सामाजिक उत्तरदायित्व रहन्छ ।’ कुँवरले भने ।
उक्त हस्तान्तरण कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष, उपाध्यक्ष र महासचिव, क्यान महासंघका केन्द्रीय सदस्य, क्यान महासंघ कास्कीका पूर्व अध्यक्षहरू र कार्यसमितिका सदस्यहरूको उपस्थिति रहेको थियो।
आन्दोलनको आवेगमा उपत्यकाका ९० प्रतिशत प्रहरी कार्यालय आक्रमणमा परेका छन् । कास्कीमा पनि जिल्ला प्रहरी कार्यालयमा ठूलो क्षति पुग्यो । वडा प्रहरी कार्यालय बगर पनि पूर्ण रुपमा क्षति भएको छ ।
प्रहरीका गाडी जलेका छन् । हतियारदेखि पोसाकसम्म लुटिएपछि प्रहरी ड्युटीमा खटिन असहज अवस्था छ ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो