क्यान महासंघ कास्कीद्वारा प्रहरीलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण

सहायता

क्यान महासंघ कास्कीद्वारा प्रहरीलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण

कार्यालयको प्रशासनिक कार्यसम्पादन र सेवा प्रवाहमा थप सहजता ल्याउने विश्वास छः अध्यक्ष कुँवर

Can Help

जेन–जी आन्दोलनपछिको विषम परिस्थितिमा सुरक्षा चुनौती बढेपछि नागरिकस्तरबाटै शान्तिसुरक्षाका लागि पहल सुरु भएको छ ।

प्रहरीहरू नै तितरबितर भएको र जेलबाट ठूलो संख्यामा कैदी भागेकाले चोरी तथा लुटपाटको जोखिम बढेपछि टोल सुरक्षा समिति बनाउनेदेखि प्रहरीलाई पुनर्स्थापित गर्ने अभियान नै सुरू गरिएको छ ।

२३ र २४ भदौमा भएको जेन-जी आन्दोलनमा तोडफोड र आगजनी गरिएका प्रहरी कार्यालयमा नागरिक स्तरबाटै सहयोग प्रदान गरिन थालिएको हो ।

पोखरामा पनि कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघ कास्कीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय, कास्कीलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ।

क्यान महासंघ कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले प्रहरी कार्यालयका आधिकारिक व्यक्तिलाई डेस्कटप कम्प्युटर सेट र एक थान थ्री इन वान मल्टिफंक्सन प्रिन्टर हस्तान्तरण गरेका हुन्। यस सहयोगले प्रहरी कार्यालयको कम्प्युटर सम्बन्धी काम सञ्चालन गर्न सहयोग पुग्नेछ ।

क्यान महासंघ कास्कीले यसै दुःखद घटनाबाट प्रभावितप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रहरी कार्यालयलाई आवश्यक उपकरण हस्तान्तरण गरेको हो । अध्यक्ष कुँवरले यस कदमले प्रहरी कार्यालयको प्रशासनिक कार्यसम्पादन र सेवा प्रवाहमा थप सहजता ल्याउने विश्वास व्यक्त गरे ।
‘समाजको सुरक्षाका लागि अग्रपंक्तिमा खटिने प्रहरीप्रति सहयोग गर्नु हाम्रो सामाजिक उत्तरदायित्व रहन्छ ।’ कुँवरले भने ।

उक्त हस्तान्तरण कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष, उपाध्यक्ष र महासचिव, क्यान महासंघका केन्द्रीय सदस्य, क्यान महासंघ कास्कीका पूर्व अध्यक्षहरू र कार्यसमितिका सदस्यहरूको उपस्थिति रहेको थियो।

आन्दोलनको आवेगमा उपत्यकाका ९० प्रतिशत प्रहरी कार्यालय आक्रमणमा परेका छन् । कास्कीमा पनि जिल्ला प्रहरी कार्यालयमा ठूलो क्षति पुग्यो । वडा प्रहरी कार्यालय बगर पनि पूर्ण रुपमा क्षति भएको छ ।

प्रहरीका गाडी जलेका छन् । हतियारदेखि पोसाकसम्म लुटिएपछि प्रहरी ड्युटीमा खटिन असहज अवस्था छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ