ओमप्रकाश अर्याल गृह र कानुन मन्त्री बन्दै

ओमप्रकाश अर्याल गृह र कानुन मन्त्री बन्दै

उपप्रधानमन्त्री कसैलाई नदिइने

Om-prakash-aryal

गृहमन्त्रीमा ओमप्रकाश अर्याल नियुक्त हुने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा अर्याललाई गृह, कानून मन्त्रालय दिने सहमति जुटेको स्रोत बताउँछ ।
काठमाडौं महानगरपालिका मेयर बालेन शाहका निकट उनी कानून व्यवसायी हुन् । काठमाडौं महानगरपालिकामा कानुनी सल्लाहकारका रुपमा कार्यरत उनी वर्तमान सरकार गठनमा पनि उनी सुरुदेखि नै सक्रिय थिए।

आइतबार भएको छलफलमा तीन मन्त्रीको टुंगो लागेको हो । अर्थमा रामेश्वर खनाल, उर्जामा कुलमान घिसिङलाई नियुक्ति गर्ने सहमति भएको छ । एक मन्त्रीलाई २/३ मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । उनीहरुको सपथ सोमबार हुने तय भएको छ ।

मन्त्रिमण्डलमा उपप्रधानमन्त्री कसैलाई नदिइने भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ