पोखरा । राष्ट्रपति कार्यालयको खण्डहर भवन बाहिर नवनियुक्त तीन मन्त्रीहरुले सोमबार शपथ लिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितीमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।
मन्त्रीहरु अर्थमन्त्री रामेश्वर खनाल, उर्जा, भौतिक योजान र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह र कानुनमन्त्री ओमप्रकाश अर्यालको शपथ भएको हो । घिसिङलाई तीन र अर्याललाई दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
सभामुख र उपसभामुख अनुपस्थित, राष्ट्रियसभाका अध्यक्ष सहभागी, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई मात्रै
नवनियुक्त तीन मन्त्रीको शपथ ग्रहण समारोहमा सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना सहभागी भएनन्।
सोमबार शीतलनिवासमा रामेश्वर खनालले अर्थमन्त्री, कुलमान घिुसिङले ऊर्जा मन्त्री र ओमप्रकाश अर्यालले गृह र कानुन मन्त्रीको शपथ लिएका थिए।
शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायत उच्च पदस्थहरूको सहभागीता थियो।
यो समारोहमा सभामुख घिमिरे र उपसभामुख राना सहभागी नभएपछि मानिसहरूले चासो व्यक्त गरेका छन्।
अर्को प्रतिनिधि सभा गठन भएर नयाँ सभामुख र उपसभामुख निर्वाचित नहुँदासम्म घिमिरे र रानाको पद यथावत रहने व्यवस्था छ। त्यसकारण प्रधानमन्त्री र मन्त्रीहरूको शपथ ग्रहणमा सभामुख र उपसभामुख उपस्थिति हुने, बधाई, शुभकामना दिने प्रचलन छ। सभामुख घिमिरेको सचिवालयले घिमिरे अस्वस्थ भएको जानकारी दिएको छ ।
प्रधानमन्त्री सुशील कार्कीको शपथ ग्रहणमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई मात्रै सहभागी थिए। सांसदका रूपमा सुमना श्रेष्ठ मात्रै उपस्थित थिइन्।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’