सरकारले बुधबार (असोज १ गते) शोक दिवस मनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले जेन-जी आन्दोलनमा ज्यान गुमाएकाहरूप्रति शोक मनाउने निर्णय गरेको हो ।
उक्त दिन सार्वजनिक बिदा दिने निर्णय पनि सरकारले गरेको छ । आन्दोलनमा ज्यान गुमाएकालाई सहिद घोषणा गर्दै उनीहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय पनि गरिएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
सरकारले सहिद भएकाका परिवारलाई क्षतिपूर्ति तथा राहतस्वरूप १५ लाख रुपैयाँ दिने भएको छ । यसअघि प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरिएको थियो । मन्त्रिपरिषद् बैठकले थप पाँच लाख रुपैयाँ दिने निर्णय गरेको गृहमन्त्री अर्यालले जानकारी दिए ।
बैठकले जेन-जी आन्दोलनमा भएका घटनाको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय पनि गरेको छ । आन्दोलनमा ज्यान गुमाउने युवाहरूको सम्झनामा जेन-जी स्मारक पार्क बनाउने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ । त्यसैगरी जेन-जी आन्दोलनमा क्षति भएका संरचनाको पुनर्निर्माणका लागि पुनर्निर्माण कोष बनाउने निर्णय पनि गरिएको छ ।
यसैगरी प्रहरी प्रधान कार्यालयले जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको छ । प्रहरी प्रवक्ता विनोद घिमिरेले जारी गरेको सूचनाअनुसार उनीहरूलाई आइजिपीदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरेर उक्त राहत रकम दिन लागिएको हो ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’