अन्तरिम सरकारलाई असफल बनाउने प्रयास सुरु भइसकेको प्रचण्डको दाबी

अन्तरिम सरकारलाई असफल बनाउने प्रयास सुरु भइसकेको प्रचण्डको दाबी

चुनाव हुन नदिन योजनावद्ध प्रयास हुनसक्ने आशंका

CM Prachanda.jfif

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्तरिम सरकारलाई असफल बनाउने प्रयास सुरु भइसकेको बताएका छन् ।

संविधान दिवसको पूर्व सन्ध्यामा भिडिओ सन्देश जारी गर्दै उनले चुनाव हुन नदिन र मुलुकलाई थप अस्थिरतातिर लैजान योजनावद्ध प्रयास भइरहेको बताएका हुन् । माओवादीले घोषित मितिमै चुनाव होस् भन्ने चाहेको पनि उनले बताएका छन् । उनले देशभक्त र लोकतन्त्रवादी शक्तिहरुका लागि अबका दिनहरु निरन्तर चुनौतीपूर्ण हुने र माओवादीको स्पष्ट मत संविधान र लोकतान्त्रिक गणतन्त्र एवं यसका आधारभूत मान्यता भन्दा पछाडि फर्किदा थप संकटमा पुगिने रहेको छ ।

‘देश र जनताविरुद्धका षड्यन्त्र सकिएका छैनन् । अन्तरिम सरकारलाई पनि असफल बनाउने प्रयास शुरु भइसकेको छ । चुनाव हुन नदिन र मुलुकलाई थप अस्थिरतातिर लैजान योजनावद्ध प्रयास हुन सक्छ । हामी घोषित निर्वाचन समयमैं सम्पन्न होस् भन्ने चाहन्छौं,’– उनले भनेका छन् ।

इतिहासको चिहानमा मिल्काइएकाहरुले युवा पुस्ताको परिवर्तनको चाहनालाई उपयोग गरेर जनताका उपलब्धि उल्ट्याउन चाहेको प्रचण्डको निष्कर्ष छ । त्यसका लागि सबै लोकतन्त्रवादी, गणतन्त्रवादी, परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकता खाँचो रहेको पनि प्रचण्डले उल्लेख गरेका छन् । लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र रहेको पनि उनले स्मरण गराएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ