हर्कद्वारा बालेनलाई लगातार प्रहार, विदेशबाट परिचालित भएको गम्भिर आरोप

प्रतिक्रिया

हर्कद्वारा बालेनलाई लगातार प्रहार, विदेशबाट परिचालित भएको गम्भिर आरोप

harka balen

काठमाडौं । नेपाली राजनीतिमा यतिखेर स्वतन्त्र उम्मेदवारका रूपमा चर्चित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरानका उपमहानगरपालिका मेयर हर्क साम्पाङबीचको जुहारीले सामाजिक सञ्जाललाई तताएको छ ।

फेसबुकमा दुवै पक्षका समर्थकहरूबीच तीखो बहस चलिरहेको छ, जसमा हर्कले बालेनलाई लगातार प्रहार गरिरहेका छन् । हर्कले बालेनलाई विदेशी दलालको संज्ञा दिएका छन् । बालेनले यस बीचमा हर्कलाई एउटै मात्र जवाफ दिएका छन् । जसमा उनले हर्कलाई आफू एकतर्फी भए पनि निरन्तर माया गरिरहने भन्दै व्यंग्यात्मक स्टाटस लेखे ।

हर्कले भने बालेनलाई निरन्तर घोचपेच शैलीको फेसबुक पोष्टहरु हालिरहेका छन् । उनले दिनहुँ जस्तो बालेनलाई केही न केही को संज्ञा दिइरहेका हुन्छन् । यसबीचमा हर्कले बालेनलाई भनेका छन्, ‘विदेशी दलाल अझै निस्केन ? दलालका साइबर स्यालहरू कमेण्टमा रुवाबासी गरेको देख्दा नि उदेक लाग्छ मलाई !’

आन्दोलनपछि हर्क बालेनको पछाडि परेका हुन् । भदौ २३-२४ को जेननी प्रदर्शनपछि नेपालमा राजनीतिक परिवर्तन भयो । नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए । उनले राजीनामा दिएसँगै नेपालको अन्तरिम सरकारको नेतृत्व कसले गर्ने भन्ने युवाहरूले काठमाडौं महानगरका मेयर बालेनलाई हेर्न चाहेका थिए । तर बालेनले सरकारको नेतृत्व लिन चाहेनन् ।

यसैबीचमा हर्क धरानबाट आफुले राज्यको नेतृत्व लिने भन्दै काठमाडौं आए । तर, उनलाई सुनिएन । भारतीय दुतावासमा शरण परेर मन्त्री नखाने भन्दै उनि धरान नै फर्किए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ