नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज (आइतबार) लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएको छ। सोहीकारण शास्त्रीय मान्यता अनुसार यसको कुनै सुतक नलाग्ने जनाइएको छ।
आजको आंशिक सूर्यग्रहण दक्षिणी गोलार्धका केही भागहरूमा मात्र देखिनेछ। नेपाली समयअनुसार ग्रहण आइतबार राति १०:४४ बजे सुरु भएर सोमबार बिहान ३:०८ बजेसम्म रहनेछ।
यो सूर्य ग्रहण हो, जुन देख्नको लागि सूर्य क्षितिजमाथि हुनुपर्छ। उक्त समयमा नेपालमा रात परेकाले यो ग्रहण यहाँबाट देखिँदैन। अर्को सूर्य ग्रहण नेपालबाट आंशिक रूपमा देखिने सम्भावना सन् २०२७ को अगस्ट २ मा छ।
आश्विन कृष्ण औंसीका दिन आइतबार सूर्यग्रहण लाग्ने भएकाले सोह्र श्राद्ध गर्ने कि नगर्ने? सुतक कति बजेदेखि लाग्छ? लगायत प्रश्न धेरै वैदिक सनातन हिन्दू धर्मावलम्बीले गरेका छन्।
नेपालबाट नदेखिने ग्रहण बार्नु नपर्ने र यसको कुनै दोष पनि नलाग्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा. देवमणि भट्टराईले जानकारी दिए। नेपाली आकाशमा नदेखिने ग्रहण नेपालीले बार्नु नपर्ने शास्त्रीय वचन रहेको उनले बताए।
आश्विन कृष्ण औंसीका दिन आइतबार लाग्ने सूर्यग्रहण न्यूजिल्याण्ड, अष्ट्रेलिया, फिजी, टोङ्गा, अन्टार्टिकालगायत देशबाट मात्र देखिनेछ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु