नख्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

अपराध

नख्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

चार वर्षअघि गाउँकै महिलामाथि जर्बरजस्ती करणी गरेकाले कैदमा

549556261_1347184863645750_8520573633667874654_n

नख्खु करागारबाट फरार कैदीले श्रीमतीको हत्या गरेका छन् । काभ्रेको पनौती नगरपालिका-१२ स्थित गागलका ३५ वर्षीय सन्तबहादुर तामाङले ३० वर्षीया मनिषा घ्यावा तामाङको हत्या गरेका हुन् ।

असोज ३ गते राति १ बजेतिर हत्या गरेको बुझिएको पनौती-१२ का वडाध्यक्ष जयराम केसीले बताए । उनका अनुसार, शनिबारदेखि मनिषामा सम्पर्कमा थिइनन् । माइती पक्षलाई शंका लागेपछि खोजी गर्दा उनलाई घर (गागल) बाट करिब डेढ सय मिटर टाढा बारीमा गाडेको अवस्थामा भेटिएको थियो ।

मनिषाको हत्यापछि सन्तबहादुर फरार छन् । ‘नख्खु कारागारबाट भागेको भनेर छिमेकीले एकदुई दिनअघि मात्रै थाहा पाएका थिए,’ केसीले भने, ‘घरमै लुकेर बसेको छ भन्ने छिमेकमा थाहा रहेछ, त्यसलगत्तै यस्तो घटना भयो ।’ सन्तबहादुर चार वर्षअघि गाउँकै महिलामाथि जर्बरजस्ती करणी गरेको अभियोगमा करागार चलान भएका थिए ।

प्रहरी घटनास्थलमा जाँदै गरेको र विस्तृत विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ