‘प्रचण्डले यो लोकमा हुँदासम्म हाम्रो नेतृत्व गर्नुपर्छ, साँच्चै परलोक हुन्छ भने त्यहाँपनि उहाँकै नेतृत्व’: मातृका यादव

राजनीति

‘प्रचण्डले यो लोकमा हुँदासम्म हाम्रो नेतृत्व गर्नुपर्छ, साँच्चै परलोक हुन्छ भने त्यहाँपनि उहाँकै नेतृत्व’: मातृका यादव

matrika-yadav

काठमाडौं । माओवादी केन्द्रको पदाधिकारी बैठकमा नेता मातृका यादवले पार्टीमा प्रचण्डको विकल्प नभएको बताएका छन् ।

आइतबार बसेको पदाधिकारी बैठकमा यादवको भनाइ उदृत गर्दै एक नेताले भने, ‘प्रचण्डले यो लोकमा हुँदासम्म हाम्रो नेतृत्व गर्नुपर्छ। यो लोकमा मात्रै होइन साँच्चै परलोक हुन्छ भने त्यहाँपनि उहाँले नै हाम्राे नेतृत्व गर्नुपर्छ ।’

यादवले जेएनजी आन्दोलनले पुराना पार्टीका सोच विचार ध्वस्त पार्दा पनि पदाधिकारी तहमा भने नफिरेको दाबी समेत गरे ।

यसैगरी यादवले प्रचण्डलाई आफैं फस्नेगरी ध‍ेरै नबोल्न समेत सुझाव दिएको ती नेताको भनाइ छ । आवश्यक हुँदा अध्यक्षको रक्षाका लागि आफूहरु पनि बोल्न तयार रहेको भन्दै उनले प्रचण्डलाई आफैं भने फस्नेगरी ध‍ेरै नबोल्न आग्रह गरेका हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ