काठमाडौं- अन्तरिम सरकारका ४ जना मन्त्रीहरूले शपथ लिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रीका लागि सिफारिस डा संगीता कौशल मिश्राको नाम हटाइएपछि ४ जनाले मात्रै शपथ लिएका हुन्।
पूर्वअतिरिक्त सचिव डा संगीता कौशल मिश्राको सहित ५ जनाको नाम आइतबार बेलुकी राष्ट्रपति कार्यालयमा पठाइएको थियो।डा मिश्राका विषयमा विषयमा विवाद बढेपछि उनलाई सूचीबाट हटाएर अन्य मन्त्रीलाई शपथ गराइएको हो।
अन्तरिम सरकार प्रधानमन्त्री सुशीला कार्कीले शपथका लागि सोमबार अन्तिम सूची पठाउँदा डा मिश्राको हटाएर पठाएकी थिइन्। कार्कीले आइतबार पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पूर्वअतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्रा, पत्रकार जगदिश खरेललाई मन्त्रीका लागि सिफारिस गरेकी थिइन् ।
तर, स्वास्थ्यमन्त्रीमा सिफारिस भएकी डा मिश्राको अख्तियारमा उजुरी रहेको, सचिव नबन्दा ६ महिना बिदामा बसेको र अनुभवको सर्टिफिकेट किर्ते गरेको आदि विवाद सतहमा आएपछि सूचीबाट हटाइएको हो।
मन्त्री बन्ने तय भएपछि डा मिश्राले अतिरिक्त सचिवबाट समेत राजीनामा गरेकी थिइन्। आइतबार नै उनको राजीनामा स्वीकृत भइसकेको छ।
डा. मिश्राको मन्त्री नबनेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीसँग नै रहेको छ।
सम्बन्धित खबर
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
रास्वपाले भोलि मन्त्रीको नाम टुंगो लगाउने, बैठक बस्दै
प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रतिवेदन राष्ट्रपति समक्ष पेश
रवि लामिछाने सम्बन्धी मुद्दाको सुनुवाइ थप केही दिन लम्बिने
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर