प्रधानमन्त्रीको अफर अस्वीकार गरेँ, विदेशीहरुको खेलमा म जान्नँः दुर्गा प्रसाईँ

प्रधानमन्त्रीको अफर अस्वीकार गरेँ, विदेशीहरुको खेलमा म जान्नँः दुर्गा प्रसाईँ

'यो देश जोगाउनका लागि भएका दल त सकिए । उनीहरु आफ्नै कारणले सकिए, भ्रष्टाचार गरेर सकिए'

durga-prasain-2

काठमाडौं, ७ असोज । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले आफूले प्रधानमन्त्री बन्नका लागि आएको अफर अस्वीकार गरेको बताएका छन् ।

आज (मंगलबार) पत्रकार सम्मेलनमार्फत उनले आफूले विदेशीहरुको खेलमा जान नचाहेकाले प्रधानमन्त्रीको अफर अस्वीकार गरेको बताएका हुन् । आन्दोलन चमर उत्कर्षमा पुगेको बेला नेपाली सेनाको मुख्यालय पुगेर प्रसाईँले प्रधानसेनापति अशोकराज सिग्देलसँग संवाद गरेका थिए ।

सोही प्रसंगलाई जोड्दै सञ्चारकर्मीहरुले ‘तपाईँ जंगी अड्डामा गएर छलफल गर्नुभएको थियो । तपाईँलाई प्रधानमन्त्रीको अफर आएको हो ?’ भन्ने प्रश्नमा प्रसाईँले भने, ‘आएको हो । तर, मैले विदेशीहरुको खेलमा म जान्न । किनभने यो देश जोगाउनका लागि भएका दल त सकिए । उनीहरु आफ्नै कारणले सकिए, भ्रष्टाचार गरेर सकिए । यिनीहरुकै कारणले गर्दा यहाँ विदेशीले बुट बजार्न आँटे । भोलि अप्ठ्यारो पर्दाखेरी तपाईँहरु सबैको आँखा अहिले दुर्गा प्रसाईँतिर छ हैन ? मैले अहिले गएर त्यहाँ प्रधानमन्त्री के, मसँग घर छदैछ, गाडी छदैछ । म के गर्न जानु त्यहाँ ? जुनदिन देशलाई अप्ठ्यारो पर्छ, त्यो दिन दुर्गा प्रसाईँ र दुर्गा प्रसाईँको अभियान अगाडि बढ्छ भनेर म आएको हो ।’

साथै, उनले वर्तमान सरकारले निर्वाचन गराउन नसक्ने ठोकुवा गरे । उनले यो सरकार निर्वाचन गराउनेखालको नै नबनेको जिकिर गरे । उनले भने, ‘यो मलाई जहाँसम्म लाग्छ निर्वाचन नै हुँदैन । यो सरकार बन्यो निर्वाचन गराउनेखालको ?’

प्रसाईँले आफूहरुले दसैं, तिहार र छठपछि आन्दोलनको तयारी रहेको पनि बताए । उनले हिन्दु अधिराज्य कायम नगरिकन अब आन्दोलनबाट ब्याक नहुने बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ