अर्थमन्त्री रामेश्वर खनालले चुच्चे नक्सासाथमा राखेर नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटघाट गरेका छन्।
नेपालको संविधानमा नै उल्लेख भएको र अन्तर्राष्ट्रियस्तरबाट समेत स्वीकार्य भइसकेको नेपालको उक्त नक्सालाई भारतले भने अहिलेसम्म मानेको छैन । नेपालले आफ्नो क्षेत्र भएको दाबी गर्ने लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको चुच्चे नक्साबारे भारतले आपत्ति जनाउँदै आएको छ । पछिल्लो समय चीनसँग भारतले नेपाली भूमि प्रयोग गर्ने व्यापारिक सम्झौता समेत गरेको थियो ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा उक्त भूमी नेपालको भएको र भारत चीनबीचको सम्झौता अस्वीकार्य रहेको बताएपछि विवाद थप बढेको थियो । सोही अडानका कारण ओलीको भारत भ्रमणसमेत अनिश्चित बनेको थियो । भारत भ्रमण नहुँदै प्रधानमन्त्री ओलीले राजीनामा दिए।
यसअघि भारतीय कुटनितिज्ञले नेपाल भ्रमणका क्रममा चुच्चे नक्सा सामुन्ने भेटघाट र वार्ता गर्न अस्वीकार गर्दै आएका थिए । चुच्चे नक्साबारे भारतको अडान कायम रहँदा अर्थमन्त्री खनालले मंगलबार आफ्नै कार्यकक्षमा नेपालको ठुलो नक्सा पछाडी राखेर राजदूत श्रीवास्तवसँग भेट गरेका हुन् । भेटमा भारत सरकार नेपालमा जेनजी आन्दोलनबाट बनेको सरकारलाई सहयोग गर्न तयार रहेको र विगतमा भइरहेका विकास निर्माणका कामहरु प्रभावित नहुने गरी सहयोगलाई निरन्तरता दिने बताएका थिए ।
मंगलबार नै चुच्चे नक्सालाई स्वीकार नगरको अर्को छिमेकी मुलुक चीनका राजदूतसँग पनि सोही नक्साअघि अर्थमन्त्री खनालले कुराकानी गरेका थिए ।
सम्बन्धित खबर
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
प्रत्येक वर्ष भदौ २३ गते ‘जेन-जी सहिद दिवस’ मनाउने सरकारको निर्णय
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’