अभिनेता थलापति विजयको राजनीतिक र्‍यालीमा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या ३९ पुग्यो

अभिनेता थलापति विजयको राजनीतिक र्‍यालीमा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या ३९ पुग्यो

thalapati-bijaya-protest-1759021194

थलापति विजय भनेर चिनिने दक्षिण भारतीय चलचित्र अभिनेता जोसेफ विजय चन्द्रशेखरको राजनीतिक र्‍यालीमा सहभागी भएकाहरूबीच भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या ३९ पुगेको  छ ।

अभिनेताबाट राजनीतिज्ञ बनेका विजयलाई हेर्न ठूलो भिड जम्मा भएका बेला मच्चिएको भागदौडमा परी मृत्यु हुनेमध्ये अधिकांश बालबालिका र महिला छन् ।

विजयले मञ्चबाट ९ वर्षकी बालिका हराएको र खोजीका लागि सहयोग गर्न आग्रह गरेलगत्तै भागदौड मच्चिएको थियो ।

घटनामा ५८ जना घाइते भएका र उनीहरूमध्ये अधिकांशको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

तमिलनाडुका मुख्यमन्त्री एम.के. स्टालिनले मृतकका परिवारलाई १०–१० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

साथै, घटनाको जाँचका लागि सेवानिवृत्त उच्च अदालतका न्यायाधीश अरुणा जगदीशनको अध्यक्षतामा जाँच सदस्यीय आयोग गठन गरिएको छ । घटनाप्रति भारतका राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदीलगायतले दुःख व्यक्त गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ