रास्वपा संस्थापनलाई तोसिमाको चुनौती- बुलिङ र मिडिया ट्रायल नगर, हिम्मत भए विशेष महाधिवेशन गर

रास्वपा संस्थापनलाई तोसिमाको चुनौती- बुलिङ र मिडिया ट्रायल नगर, हिम्मत भए विशेष महाधिवेशन गर

tosima karki toshima

काठमाडौं । रास्वपा नेता तथा पूर्वराज्यमन्त्री डा. तोसिमा कार्कीले पार्टीको संस्थापन पक्षले आफूविरुद्ध मिडिया ट्रायल र साइबर बुलिङ गरिरहेको भन्दै सार्वजनिकरूपमा आपत्ति जनाएकी छन् । उनले हिम्मत भए विशेष महाधिवेशन फेस गर्न चुनौतीसमेत दिएकी छन् ।

कार्कीले वक्तव्य जारी गर्दै पार्टीलाई थप सुदृढ बनाऔँ, सफल बनाऔँ, समय सापेक्षिक रुपान्तरण गरौँ भनी जिम्मेवारपूर्ण तरिकाले राजनितिक विषय उठान गर्दा बुलिङ गरिएको बताएकी छन् ।

कार्कीले भनेकी छन्- साइबर बुली र मिडिया ट्रायल गर्ने र गर्न लाउने अनि त्यो सब टुलुटुलु हेरेर बस्ने महाशयहरुको सार्वजनिक भण्डाफोर गर्नु नपरोस् ।

कहिले राजीनामा दिन लाग्यो भनेर अफवाह फैलाउने, कहिले पार्टी बनाउने उद्देश्यका साथ पेश गरिएको पत्रको ४ बुँदा राम्रो सँग अध्ययन समेत नगरी पार्टी सभापतिको विकल्प खोज्यो भनेर विषय अतिरन्जित गर्ने, विकल्प खोज्नेलाई छाड्नहुन्न, पार्टीबाट निकाल्नुपर्छ आदि भनेर भ्रम छर्न खोज्ने ? हिम्मत भए संस्थापनले खुल्ला विशेष अधिवेशन गरोस्, पार्टी सभापतिको आशीर्वाद लिएर लाखौं कार्यकर्ता तथा सुभेच्छुकको मत लिएर दिईएको जिम्मेवारी सम्हाल्ने आँट छ तोसिमासँग ।

कार्कीले प्रोपागाण्डा र हेपाहा बोलीसँग रत्तिभर नडराउने प्रष्ट पारेकी छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ