माटोको ढिस्कोमा पुरिएर सर्लाहीमा ३ बालबालिका सहित ४ जनाको मृत्यु

माटोको ढिस्कोमा पुरिएर सर्लाहीमा ३ बालबालिका सहित ४ जनाको मृत्यु

mato dhisko

सर्लाहीको पूर्वी क्षेत्रमा पर्ने हरिपूर्वा नगरपालिकामा माटोको ढिस्कोमा पुरिएर ४ जनाको मृत्यु भएको छ ।

बुधबार बिहान हरिपूर्वा–१ स्थित हर्दी खोलाको किनारमा माटो निकाल्ने क्रममा माथिबाट खसेको ढिस्कोमा पुरिएर ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मृत्यु हुनेहरुमा महोत्तरी जिल्ला सोनमा गाउँपालिका ६ मगरथानाकी ६५ वर्षीया सायदा खातुन, ९ वर्षीया नर्गिस खातुन, ८ वर्षीय डिल्लु मंसुर र ६ वर्षीया छोरी सविवा खातुन रहेको प्रहरी कार्यालय सर्लाहीका सहप्रवक्ता प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ