जेन–जी अभियन्ता रक्षा बमले अक्टोबर ९ मा फेरि आन्दोलन गर्ने भनेर चलाइएको हल्ला अफवाह मात्रै भएको बताएकी छन्। बुधवार फेसबुकमा लामो स्टाटस लेख्दै अभियन्ता बमले जेन–जी पुस्तालाई बदनाम गर्न यस्ता हल्ला फैलाउन थालिएको बताएकी छन्।
‘सडकमा लागेको रगतको छाप अझै सुकेको छैन। घाइते भएका साथीहरू अझै अस्पतालको बेडमै हुनुहुन्छ,’ बमले लेखेकी छन्,‘निहत्थाहरूमाथि निरकुंश तानाशाही शासकले अन्धाधुन्ध गोली बर्सायो । आन्दोलनको आडमा हाम्रा धरोहरहरू जल्यो।युवाहरू ढले। आँखामा आँसु ओभाएका छैनन्। भयावह दृश्य आँखै अगाडि नाचिरहन्छ।’ चाडबाडको पृष्ठभूमिमा भए पनि दिल खोलेर दसैँको शुभकामना भन्न नसकिरहेको उनले लेखेकी छन्।
‘हामी त्रासमै थियौं, तर जंगी अड्डाभित्र राज्यमा शान्ति कायम हुनुपर्छ भनेर उभिइरह्यौ। निकै रस्साकस्सीको बिचबाट नागरिक सरकार बनेको छ,’ बमले अगाडि लेखेकी छन्। आन्दोलनको म्यान्डेट लिएर सरकार आफूले सक्दो गतिमा काम गर्न खोजिरहेको पनि उनले दाबी गरेकी छन्। ‘यस्तो सङ्क्रमणकालीन अवस्थामा राज्यको शान्ति खलबल्याउन खोज्ने, डर त्रास फैलाउने, जेन–जी आन्दोलनलाई बदनाम गर्न खोज्ने हर प्रकारका दुष्यत्नहरू भइरहेका छन्,’ अभियन्ता बमले लेखेकी छन्,‘सायद उनीहरू चुनाव नहोस् भन्ने चाहन्छन्। देश शान्त नहोस् भन्ने चाहन्छन्।’
त्यस्ता तत्त्वले ‘एउटा अर्को भड्खालोमा देशलाई जाक्न पाए’ आफ्नो अभिप्राय पूरा हुन्छ भन्ने सपना बुनिरहेको बमले दाबी गरेकी छन्।
‘अक्टोबर ९ मा फेरी आन्दोलन हुँदैछ भनेर एउटा अफवाह फैलाइदैछ,’ अभियन्ता बमले लेखेकी छन्, ‘म प्रस्ट पार्न चाहन्छु, त्यो आन्दोलनमा म र मेरो साथीहरू कसैको पनि संलग्नता हुनेछैन।’
‘हामी प्रस्ट छौँ, हामीले कुनै पनि किसिमको हिंसात्मक गतिविधिलाई न हिजो समर्थन गरेका थियौँ, न भोलि समर्थन गर्नेछौँ,’ बमले अगाडि लेखेकी छन्।
नागरिक अधिकार, भ्रष्टाचारको विरोध, सुशासन र जबाफदेहिताको खोजीका लागि भएको जेन–जी आन्दोलनलाई धमिल्याउने प्रयास गर्ने कुण्ठित मानसिकता भएकाहरूलाई उनले होसियार रहन चेतावनी दिएकी छन्। उनले भनेकी छन्, ‘हामी तिमीहरूको पनि विरुद्धमा उभिन तयार छौँ।’
यस्तै यस्ता अफवाहबाट सजग रहन उनले जेन–जी पुस्तासँग आग्रह गरेकी छन्। ‘साथीहरू सजग रहनुहोला। साथै कुनै पनि हिंसात्मक गतिविधि र शान्ति प्रक्रियालाई बदनाम गर्न खोज्नेहरूलाई साथ नदिनुहोला,’ अभियन्ता बमले लेखेकी छन्।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’