झापाको बुट्टाबारीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १३ घाइते

झापाको बुट्टाबारीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १३ घाइते

;lmdsfkl

झापा : पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको बुट्टाबारीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा इटहरी नगरपालिका ११ निवासी ४६ वर्षीय दिनेश कुमार भट्टराई र बसका सहचालक मोरङ रङ्गेली नगरपालिका – २ निवासी ४२ वर्षीय राज कुमार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा परी १३ जना घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०११–००१ ख ४४५९ नम्बरको सगरमाथा यातायातको बस आज बिहान साढे ९ बजे बिर्तामोड-६ स्थित बुट्टाबारीमा अनियन्त्रित भई सडकबाट ५ मिटर तलतिर पल्टिदा दुर्घटना भएको थियो । दुर्घटनामा परी एक जनाको घटनास्थलमै र एक जनालाई अस्पताल लाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिए ।

दुर्घटनामा परी दर्जन बढी घाइतेहरूलाई प्रहरी र स्थानीयले उद्धार गरी अस्पताल पुर्‍याएका थिए । बस चालक फरार रहेको जनाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ