आज मध्यम वर्षा, भोलि दिउँसोदेखि भारी वर्षा हुने

आज मध्यम वर्षा, भोलि दिउँसोदेखि भारी वर्षा हुने

पाँच प्रदेशमा अत्यावश्यकबाहेक यात्रा नगरौँ

Mausam

देशका अधिकाशं स्थानमा शनिबार दिउँसोदेखि भारी तथा अति भारी वर्षा हुने मौसमविद्ले बताएका छन्। आज मध्यम तथा हल्का वर्षा हुने र शनिबारदेखि आइतबारसम्म भने भारी वर्षा हुने प्रक्षेपण गरिएको छ।

मौसमविद् विनोद पोखरेलका अनुसार उपत्यकामा ८ देखि १० घन्टासम्म भारी वर्षाको सम्भावना छ। शनिबारदेखि आइतबारसम्म भारी वर्षाको सम्भावना भएकाले शनिबार बेलुका बिशेष सतर्कता अपनाउन जरुरी रहेको मौसमविद्को भनाई छ।

मौसम पूर्वानुमान महाशाखाले पनि यसअघि मौसम बुलेटिन जारी गरी १७ असोजदेखि २० असोजसम्म कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनीका विभिन्न जिल्लामा मध्यमदेखि भारी वर्षाको जोखिम रहेकाले सचेतना अपनाउन भनेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि यो चार दिनको अवधिमा अनिवार्य बाहेक अवस्थामा यात्रा नगर्न आग्रह गरेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds