पाँचथरमा बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु

दुर्घटना

पाँचथरमा बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु

553337406_1127858968990629_8480487251364189581_n-e1759569019641

पाँचथरको कुम्मायक गाउँपालिकामा भएको बोलेरो दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ ।

पाँचथरबाट यात्रु बोकेर धरान तर्फ आउँदै गरेको बोलेर दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताए । उनका अनुसार ३ जना पुरुष र ३ जना महिलाको मृत्यु भएको हो । उनीहरूको पहिचान भने खुलिसकेको छैन ।

दुर्घटनामा परि ६ जना घाइते भएका छन् । घाइते मध्ये ५ जनालाई उपचारका लागि धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको पोख्रेलले बताए । उनीहरूको अवस्था गम्भीर रहेको छ। एक जनालाई भने उपचारका लागि जिल्ला अस्पताल पाँचथर लगिएको छ ।

पाँचथरको कुम्याक गाउँपालिका यात्रु लिएर धरान आउँदै गरेको बोलेरो गाडी भिरबाट तमोर नदीमा खसेको थियो । मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी शनिवार दिउँसो सडक छेउबाट ५ सय मिटर तल तमोर नदी किनारमा खसेपछि प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds