इलाममा बाढी-पहिरोले कम्तिमा १८ जनाको मृत्यु

बाढी पहिरो

इलाममा बाढी-पहिरोले कम्तिमा १८ जनाको मृत्यु

pahiro 33

लगातारको भीषण वर्षाले निम्त्याएको पहिरोले इलाममा ठूलो मानवीय क्षति भएको छ।

आइतबार बिहानसम्म पहिरोले कम्तीमा १८ जनाको ज्यान लिइसकेको प्रहरीले जनाएको छ।

कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी दीपक पोखरेलले दिएको जानकारी अनुसार जिल्लाका विभिन्न स्थानमा खसेको पहिरोले कम्तीमा १८ जनाको ज्यान गएको छ।

‘विभिन्न ६ वटा ठाउँमा गएको पहिरो जाँदा कम्तिमा १८ जनाको मृत्यु भएको पुष्टि भएको छ,’ एसएसपी पोखरेलले भने।

इलामका सुर्योदय, देउमाई, माङसेवुङ, फाकफोकथुम र इलाम नगरपालिकामा पहिरोका कारण ठूलो जनधनको क्षति भएको स्थानीय प्रशासनले जनाएको छ।

सुर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा खसेको पहिरोमा ५ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ।

त्यस्तै, माङसेवुङ गाउँपालिका–१ पाटीगाउँमा ३ जना, देउमाई नगरपालिका–५ धारेमा १ जना र सोही नगरपालिकाको धुसुनेमा २ जनाको मृत्यु भएको छ।

यस्तै, फाकफोकथुम गाउँपालिका–३ रातमाटेमा १ जनाको मृत्यु भएको छ भने इलाम नगरपालिका–५ घोसगाउँमा ६ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार अहिले पनि केही स्थानमा पहिरो खसेको खबर आइरहेको छ। उद्धार तथा राहत कार्यमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दा खटिएका छन्।

लगातारको वर्षाका कारण इलामका अधिकांश ग्रामीण सडक अवरुद्ध छन् र जोखिम क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।

पहिरोमा परेर बेपत्ता संख्या बढन सक्ने प्रहरीको अनुमान छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ