लगातारको वर्षाले अवरुद्ध बनेका सडकहरू विस्तारै सञ्चालनमा आउन थालेका छन्। सडक विभाग, स्थानीय सरकार र सुरक्षाकर्मीको पहलमा सडकमा रहेको अवरोध हटाउँदै सञ्चालनमा ल्याइएको हो।
नेपाल प्रहरीले साँझ ७ बजे जारी गरेको सूचनामा मध्यपहाडी लोकमार्गको धनकुटा पाख्रिबास नगरपालिका ५ ढिकुरे र कोशी राजमार्गअन्तर्गत साँगुरीगढी गाउँपालिकाको तीन ठाउँमा रहेको अवरोध हटाइएपछि यातायात एकतर्फी सञ्चालनमा आएको उल्लेख छ ।
यस्तै कान्ति लोकपथको मकवानपुर बकैया गाउँपालिका घट्टेपाखा र भिमफेदी गाउँपालिकाको बगुवा खोला तथा मदन भण्डारी राजमार्गको मरिण गाउँपालिकाको सिन्दुरे खण्डको अवरोध हटाएपछि यातायात खुलेको छ ।
अन्य स्थानमा रहेको अवरोध भने हटाउने प्रयास जारी रहेको नेपाल प्रहरीको भनाइ छ। विपी राजमार्गको सुनकोशी गाउँपालिका र रोशी गाउँपालिका खण्ड, पासाङ ल्हामु सडकको रसुवा गोसाईकुण्ड र गोसाईकुण्ड खण्डको तीन ठाउँमा सडक ूपूर्णरुपमा अवरुद्ध छ । यस्तै काशी राजमार्गको संखुवासभा भोटखोला, मकालु, मेची राजमार्गको इलाम नगरपालिका खाण्ड र मध्य पहाडी लोकमार्गको भोजपुर टेम्केमैयुङ खण्ड पनि पूर्णरुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
रास्वपाले भोलि मन्त्रीको नाम टुंगो लगाउने, बैठक बस्दै
प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रतिवेदन राष्ट्रपति समक्ष पेश
रवि लामिछाने सम्बन्धी मुद्दाको सुनुवाइ थप केही दिन लम्बिने
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर