सामाजिक सञ्जालमा स्याङ्जावासी र स्याङ्जा प्रहरीविरुद्ध जथाभाबी लेख्ने पोखराका युवक पक्राउ

पक्राउ

सामाजिक सञ्जालमा स्याङ्जावासी र स्याङ्जा प्रहरीविरुद्ध जथाभाबी लेख्ने पोखराका युवक पक्राउ

Syangja Police

स्याङ्जा । सामाजिक सञ्जाल फेसबुकमार्फत स्याङ्जावासी र स्याङ्जा प्रहरीविरुद्ध अनर्गल, झुटो र कपोलकल्पित सामग्रीहरू पोस्ट गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार ‘पुष्पक’ नामको फेसबुक पेज सञ्चालन गरी फोटोसहित आपत्तिजनक विवरण पोस्ट गर्ने पुष्पक थापालाई पक्राउ गरिएको हो। ३३ वर्षीय थापा कास्कीको पोखरा महानगरपालिका वडा नं. ९ को बासिन्दा रहेको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक कमल नेपालीका अनुसार थापालाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds