काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली नेकपा एकीकृत समाजवादीका नेताहरूलाई लक्षित गर्दै विभिन्न कारणले पार्टी छाडेकाहरूलाई फर्किन आग्रह गरेका छन् ।
केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेकपा एसका नेताहरू छहारी खोजेर कसको पिँढीमा बास भनेर झोली तुम्बा बोकेर हिँडिरहेको बताए ।
उनले थपे, ‘कतिपय साथीहरूले गल्ती गर्नुभएको छ, अब तीनै गल्तीहरूमा अल्झिएर बस्ने होइन । कतिले पार्टी विभाजन गरे, गराए, साथीहरू भ्रममा पर्नुभयो होला । तर, एमाले विशाल छाती भएको पार्टी हो, त्यसैले हिजो जो घर छाडेर अन्यन्त्र जानुभएको थियो, घर फर्किन आग्रह गर्छु ।’
उनीहरूसँगै मिलेर हिजो पार्टी निर्माण गरेको भन्दै ओलीले एमालेलाई यहाँसम्म ल्याउन छाडेर जानेहरूको पनि भूमिका रहेको बताए । साढे ६ लाख सदस्य भएको बलियो पार्टी भएकाले ती नेतालाई अब फर्किन आग्रह गरे ।
‘फेसबुकमा कसैले भनेर छाड्दिनँ, कमिटीले भन्यो भने एक मिनेट बस्दिनँ’
ओलीले केन्द्रीय कमिटीले भने एक मिनेट पनि अध्यक्ष पदमा नबस्ने बताए। फेसबुकमा कसैले भन्दैमा नछाड्ने उनले बताए।
उनले भने, ‘मैले हट्नु पर्छ कि पर्दैन भन्ने फेसबुकले भन्ने होइन, यो कमिटीले भनेको बेलामा यो आदेश दिने ठाउँ हो, यसको आदेशमा दिए एक मिनेट पनि बस्दिनँ, यो कमिटी भन्दा बाहिर गएर लोकप्रियतावादको पछि कुदेर यो कमिटीको कोही सदस्य भन्दैमा हुँदैन।’
उनले कतिपयले आफूलाई बोकेर हिँड्न नसकेको भनेकोप्रति असन्तुष्टि जनाउँदै आफैँ हिँड्न सक्ने जवाफ दिए।
उनले केन्द्रीय कमिटीको बैठकले महाधिवेशनको मिति तोक्ने भन्दै आफू व्यक्तिगत इच्छाले नहिँडेको जिकिर गरे।
उनले थपे, ‘यो देशको इच्छाको पूरा गर्ने कामको अगुवाइ यो पार्टीले गर्छ, यी कुराहरूमा सबै स्पष्ट हुनुस्। हट्ने आफ्नै प्रक्रिया हुन्छ। विरोधीहरूले घर र पार्टी कार्यालय विरोधीले आगो लगाएका हुन्। हामीले कुनै नराम्रो व्यवहार गरेका छैनौँ। हामीसँग भिजन छ, काम गर्ने सक्रियता छ।
उनले देशभरिको युवाले केपी बा भनेको विरोधीहरूको मनमा पीडा भएर सही नसक्नु भएपछि चरित्र हत्या गरेको जिकिर गरे।
‘राज्य संयन्त्रकै प्रयोग गरेर सजिलै रोक्न सकिन्थ्यो तर सकिएन’
ओलीले लोकतन्त्रको रक्षा जनता बाहेक अरूबाट हुन नसक्ने बताएका छन्। २३ र २४ गतेको घटना लामो प्रयासपछि भएको जिकिर गरे।
उनले भने, ‘यत्रो घटनाको कसरी थाहा भएन भन्नुहुन्छ साथीहरू, उहिल्यैदेखि प्रयास भएकै छ त । चैत १५ गते पनि सिंहदरबारमा जान खोजेका होइनन् ? यी सबै कुराहरू भनिएका थिए, थाहा नपाएको भन्ने होइन, तर त्यसै दिन यो स्तरमा पुग्छ भन्ने थियो, त्यो उनीहरूको प्रयास थियो, विगतमा रोक्ने गरिएको थियो, विभिन्न कारणले रोक्न सकिएन ।’
उनले अब त्यस्ता गतिविधिप्रति सचेत रहेर पार्टीले पनि आफ्नो तयारी अवस्थामा बस्नुपर्ने बताए ।
ओलीले थपे, ‘यस्ता घटना आकस्मिक हुनसक्ने रहेछ, सानो कुरा पनि बढ्ने रहेछ, उनीहरूले प्रयास गरिरहेका थिए, हामीलाई रोक्ने सक्छौँ भन्ने थियो । ठुलो कुरै थिएन, राज्य संयन्त्रकै प्रयोग गरेर सजिलै रोक्न सकिन्थ्यो । तर सकिएन । जनताको प्रयासबाट रोक्नुपर्थ्यो, लोकतन्त्र राज्यले होइन, जनता लडेर ल्याएका हुन् । जनताले नै बचाउने हुन्।’
उनले संविधानमा भएको हमलालाई निस्तेज पारेर रक्षा गर्न केन्द्रित हुनुपर्ने बताए ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु