सरकारले अमेरिका र चीनसहित विभिन्न देशका राजदूतहरूलाई फिर्ता बोलाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई फिर्ता बोलाएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
खरेलका अनुसार २० कात्तिकभित्र फर्किसक्न निर्देशन राजदूतहरूलाई निर्देशन दिइएको छ । सरकारले साउदीअरब, कतार, इजरायल, रुस, जर्मनी, चीन, बेलायत, जापान र अमेरिकाका राजदूतहरूलाई फिर्ता बोलाएको हो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले साउन २०८१ मा विभिन्न ११ देशमा राजदूत सिफारिस गरेका थिए । ओलीभन्दा पहिलाका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिफारिस गरेका ११ जना राजदूतको नाम फिर्ता लिएर ओलीले नयाँ व्यक्तिलाई राजदूत सिफारिस गरेका थिए ।
सरकारले राजनीतिक कोटाबाट नियुक्त भएका राजदूतलाई मात्रै फिर्ता बोलाएको छ । राजदूत नियुक्त गर्दा आधा कर्मचारी र आधा राजनीतिक कोटाबाट नियुक्त गर्ने प्रचलन छ । सोहीकारण परराष्ट्र मन्त्रालयका कर्मचारीको कोटाबाट नभई राजनीतिक कोटाबाट नियुक्त भएका राजदूत फिर्ता गरिएको हो ।
अघिल्लो सरकारले कांग्रेस र एमालेको भाग लगाएर राजदूत नियुक्त गरेको थियो । भारतका लागि राजदूत कांग्रेसको भागमा परेको थियो । अमेरिकाका लागि लोकदर्शन रेग्मी, बेलायतका लागि चन्द्र घिमिरे र चीनका लागि कृष्णप्रसाद ओली एमालेको भागबाट नियुक्त भएका थिए । त्यसैगरी, दक्षिण कोरियामा शिवमाया तुम्बाहाम्फे एमालेको कोटाबाट र अस्ट्रेलियामा चित्रलेखा यादव भने कांग्रेसको कोटाबाट राजदूत नियुक्त भएका थिए ।
त्यसैगरी, खाडी मुलुक साउदी अरबमा नरेश ढकाल, कतारमा रमेशचन्द्र पौडेल, इजरायलमा धनप्रसाद पण्डित, जर्मनीमा शाहिल रुपाखेती र स्पेनमा सनिल नेपाल कांग्रेसको कोटाबाट राजदूत नियुक्त भएका थिए । त्यसैगरी, रुसका लागि जंगबहादुर चौहान र मलेसियाका लागि नेत्र तिमिल्सिना एमालेको कोटाबाट राजदूत नियुक्त भएका थिए ।
सम्बन्धित खबर
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
रास्वपाले भोलि मन्त्रीको नाम टुंगो लगाउने, बैठक बस्दै
प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रतिवेदन राष्ट्रपति समक्ष पेश
रवि लामिछाने सम्बन्धी मुद्दाको सुनुवाइ थप केही दिन लम्बिने
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर