काठमाडौं। तिहारको पाँचौं तथा अन्तिम दिन भाइटीका मनाइन्छ।दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै टीका लगाइदिन्छन्।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ।
कात्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेटमा भाइटीकाको साइत उत्तम रहेको समितिले जनाएको छ । तर नेपालसहित नेपाली र नेपाली भाषी रहेका विश्वका अन्य देशमा पनि भाइटीका लगाइँदैछ। विश्वका अन्य देशमा पनि भाटीकाको उत्तम साइत निर्धारण गरिएको छ।
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा भाइटीका लगाउने साइत सार्वजनिक गरेको छ।
समितिका अनुसार २२ र २३ अक्टोबरमा टीकाको शुभ साइत जुरेको छ । जसमध्ये भारतको दिल्लीमा ११ बजेर 55 मिनेटमा साइत जुराइएको छ भने अमेरिकामा २२ अक्टोबरमा शुभ साइत जुरेको छ ।
समितिका अनुसार अमेरिकाको न्युयोर्कमा ११ बजेर ५५ मिनेटमा, फ्र्याङ्कफर्ट र केन्टुकीमा ११ बजेर ३१ मिनेटमा, वोवेन्स्वोरो र केन्टुकीमा 11 बजेर ४५ मिनेटमा, टेक्सासमा ११ बजेर ५७ मिनेटमा, वासिङ्टन डीसीमा ११ बजेर ४१ मिनेटमा, क्यालिफोर्नियामा ११ बजेर ४९, कोरोराडोमा ११ बजेर २७ मिनेटमा, सिकागोमा ११: ३३ मिनेटमा शुभ साइत जुराएको छ भने क्यानडाको टोरन्टोमा ११ बजेर २३ मिनेटमा, भ्यानकुभरमा ११ बजेर ३५ मिनेटमा साइत जुजाइएको छ ।
यसैगरी अष्ट्रेलियाको सिड्नीमा ११ बजेर २५ मिनेटमा, मेलबर्नमा २५ मिनेटमा, ब्रिसवेनमा ११ बजेर ४३ मिनेटमा, एडिलेडमा ११ बजेर ५३ मिनेटमा, क्यानबेरामा ११ बजेर २७ मिनेटमा, तास्मानियामा ११ बजेर २५ मिनेटमा, पर्थमा १० बजेर ३४ मिनेटमा र डार्विनमा ११ बजेर ५७ मिनेटमा शुभ साइत जुराइएको छ।
यस्तै न्यूजिल्याण्डको वेलिङटनमा ११ बजेर ३१ मिनेटमा, पोर्चुगलको लिस्बनमा ११ बजेर २९ मिनेटमा, बेलायतको लण्डनमा ११ बजेर ३७ मिनेटमा, फ्रान्सको पेरिसमा ११ बजेर २१ मिनेटमा, नर्वेको ओस्लोमा ११ बजेर ४३ मिनेटमा , डेनमार्कमा ११ बजेर २५ मिनेटमा, जर्मनमा ११ बजेर ४३ मिनेटमा साइत जुरेको अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
यस्तै समितिले फिनल्याण्डमा ११ बजेर ४७ मिनेटमा, स्वीटजरल्याण्डमा ११ बजेर ५४ मिनेटमा, माल्टामा ११ बजेर २३ मिनेटमा, मलेसियाको क्वालालम्पुरमा ११ बजेर ५७ मिनेटमा, युएईको अबुधाबीमा ११ बजेर ४५ मिनेटमा, कतारको दोहामा ११ बजेर ५५ मिनेटमा, कुवेतमा ११ बजेर ४५ मिनेटमा, इजरायलको तेल अभिभमा ११ बजेर १ मिनेटमा, साउदी अरेबियामा ११ बजेर ५५ मिनेटमा, थाइल्याण्डको बैंककमा ११ बजेर ४१ मिनेटमा सुभ साइत जुराएको छ ।
यस्तै जापानको टोकियोमा ११ बजेर ४२ मिनेटमा, दक्षिण कोरियामा ११ बजेर २१ मिनेटमा, सिंगापुरमा ११ बजेर ५८ मिनेटमा, हङकङमा ११ बजेर ४५ मिनेटमा र म्यानमारको याङ्गुनमा ११ बजेर ५५ मिनेटमा टीकाको शुभ साइत जुरेको समितिले जनाएको छ ।
यस्तो छ विश्वका विभिन्न देशमा लगाइने भाइटीकाको उत्तम साइत:

सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’