बलात्कार अभियोगमा फरार युवक एक वर्षपछि पक्राउ

बलात्कार अभियोगमा फरार युवक एक वर्षपछि पक्राउ

arrest-1

करिब डेढ वर्षदेखि फरार रहेका एक युवकलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दामा फरार रहेका स्याङ्जाको वालिङ नगरपालिका –१४ पेखुदेउरालीका २५ वर्षीय सागर खवास पक्राउ परेका हुन् ।

गत साल वैशाख १४ गते राति ‘०८१/०८२ वालिङ D’ नाम परिवर्तन गरिएको पिडितमाथि खवासले जबरजस्ती करणी गरेको भन्दै मुद्दा दर्ता भएको थियो । सो घटनापछि उनी फरार रहेका थिए ।

२०८२ कात्तिक १ गते वालिङ नगरपालिका –१ ओडारेबाट खवासलाई लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी प्रसन्न राज चौधरीले जानकारी दिए ।

पक्राउ परेका खवासलाई आवश्यक अनुसन्धान र कानूनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ