स्याङ्जाको वालिङ् नगरपालिकामा अत्याधुनिक नगर अस्पताल भवन निर्माण सम्पन्न भएको छ । सङ्घीय सरकार र वालिङ् नगरपालिकाको संयुक्त लगानीमा बनेको यो अस्पतालले अब स्थानीय बासिन्दालाई आफ्नै शहरमा उपचार सुविधा प्रदान गर्नेछ ।
वालिङ् नगरपालिका –१ रामबाच्छामा निर्माण गरिएको भवनको निर्माणका लागि नगरपालिका र आशिष सिद्धबाबा रुची जेभीबीच २०७८ असार ८ गते सम्झौता भएको थियो । कुल १३ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको यो भवन दुई पटक म्याद थप गर्दै यहि कात्तिक मसान्तमा पुर्याइएकोमा अन्ततः तयार गरिएको हो ।
नगरपालिकाका इन्जिनियर ध्रुव रेग्मीका अनुसार कोभिड–१९ महामारी, निर्माण सामग्रीको अभाव र स्थलको जटिलताका कारण म्याद थप्नुपर्ने अवस्था आएको थियो । करिब २० रोपनी क्षेत्रफलमा फैलिएको अस्पताल परिसरमा स्थानीयको सहयोग र अनुदानमा विभिन्न संरचना निर्माण गरिएको छ ।
तीन वटा ब्लकमा विभाजित यो अस्पताल अहिलेका लागि १५ शैयाको क्षमता भएको बताउँदै नगर प्रमुख कुष्ण खाँणले भने, “अस्पतालको डिपिआर २७ करोडको रहेको छ । भवन तयार भए पनि कर्मचारी आवास गृह, बाउन्ड्री, लिफ्ट र निकास सडकजस्ता संरचना निर्माण बाँकी छन् ।”
भवन निर्माण स्थल भिरालो भएकाले थप तीन करोड रुपैयाँ खर्च वृद्धि भएको इन्जिनियर रेग्मीले जानकारी दिए । तत्कालीन केपी शर्मा ओली सरकारको पालामा देशभरका पालिकामा सुरु गरिएको ‘नगर अस्पताल निर्माण अभियान’ अन्तर्गत यो अस्पतालको निर्माण सुरु भएको थियो ।
स्याङ्जाको सबैभन्दा बढी जनसङ्ख्या भएको वालिङ् नगरपालिकामा यसअघि सुविधा सम्पन्न स्वास्थ्य संरचना नहुँदा स्थानीयलाई उपचारका लागि पोखरा वा पाल्पासम्म धाउनुपर्ने अवस्था थियो । अब नयाँ अस्पताल सञ्चालनमा आएपछि नगरकै नागरिकले घरमै स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला