तिहारले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्व भावना अभिवृद्धि गर्न उत्प्रेरित गरोस्ः प्रदेश प्रमुख भट्ट

तिहारको अवसरमा शुभकामना सन्देश

तिहारले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्व भावना अभिवृद्धि गर्न उत्प्रेरित गरोस्ः प्रदेश प्रमुख भट्ट

Gandaki Pradesh Pramukh Dilli Raj Bhatta

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालीहरूको दोस्रो महान पर्व तिहार, २०८२ को अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।

प्रदेश प्रमुख भट्टले तिहार पर्वले सबैमा नयाँ उत्साह, जोश तथा जाँगर थप्दै नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्व भावना अझ अभिवृद्धि गर्न उत्प्रेरित गरोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् ।

‘दीपावलीको माध्यमबाट प्रकट हुने उज्यालो प्रकाशले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्ने कामना गर्दछु ।’ प्रदेश प्रमुख भट्टले भनेका छन् ।

शुभकामना सन्देशमा उल्लेख छ – ‘तिहारको अन्तिम दिन मनाइने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीबीचको आपसी स्नेह र प्रेमलाई थप प्रगाढ बनाउन मद्दत गरिरहेको छ । तिहार पर्वको अभिन्न अंगको रूपमा रहेको देउसीभैलो खेल्ने साँस्कृतिक परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बन्नेछ ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ