काठमाडौँ – हमासको नियन्त्रणमा परेर ज्यान गुमाएका नेपाली युवा विपिन जोशीको शव काठमाडौँ आइपुगेको छ। इजरायलबाट विपिनको शव सोमबार दिउँसो नेपाल ल्याइएको हो।
शव विमानस्थल आइपुगेपछि प्रधानमन्त्री सुशीला कार्की, उर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चारमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल, मुख्यसचिव एकनारायण अर्यालसहित परराष्ट्र मन्त्रालयका अधिकारीहरूले विपिनलाई श्रद्धाञ्जली दिएका छन्।
श्रद्धाञ्जलि कार्यक्रममा विपिनको परिवारका सदस्यहरू पनि सहभागी थिए। शव नेपाली सेनाको संयोजनमा सोमबार नै कञ्चनपुर पठाइएको छ।
विपिनको शव धनगढी लगिएको छ। नेपाली सेनाको स्काईट्रकले शव धनगढी पुर्याउने छ। त्यसपछि सेनाको स्थानीय युनिटले शव धनगढी हुँदै कञ्चनपुरको भिमदत्तनगरपालिकास्थित उनको घरमा लग्ने छ।
मंगलबार विपिनको अन्तिम संस्कार गरिने जनाइएको छ।
हमासले विपिनलाई किबुल आलुमिमबाट २०८० असोज २३ गते अपहरण गरेको थियो। उनी अपहरण परेको केही समयसम्मको जीवित भिडियो केही दिनअघि सार्वजनिक भएको थियो।
इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपिनको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो। डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएपछि नेपाल ल्याइएको हो।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’