फरार अभियुक्त सुनारलाई मन्त्री बनाउन पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले गरेका थिए सिफारिस

फरार अभियुक्त सुनारलाई मन्त्री बनाउन पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले गरेका थिए सिफारिस

सुनार हाल नेपाली कांग्रेसबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि

khagendra-sunar-photo

अभियन्ता खगेन्द्र सुनारलाई मन्त्री बनाउन पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सिफारिस गरेको खुलेको छ ।

स्रोतका अनुसार आइतबार साढे २ बजे राष्ट्रपति कार्यालयमा शपथको तयारी गरेका चार मन्त्रीमध्येका एक सुनार विभिन्न मुद्दामा फरार अभियुक्त हुन् ।

फौजदारी कसुरमा आरोपित रहेका सुनारलाई सिफारिस गर्ने व्यक्ति अरु नभएर न्यायालयका प्रमुख श्रेष्ठ हुन् । विश्वस्त स्रोतका अनुसार अन्तरिम सरकार निर्माणदेखि कसकसलाई मन्त्री बनाउने भन्नेसम्मको लबिङमा श्रेष्ठ सक्रिय छन् । उनैले सुनारलाई मन्त्री बनाउन जोडबल लगाएको खुलेको छ ।

सुनार हाल नेपाली कांग्रेसबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत छन् । दैलेख जिल्लाबाट खुल्ला क्लस्टरमा निर्वाचत लडी ३ सय ४९ मत ल्याएर महाधिवेशन प्रतिनिधिमा उनी विजयी भएका थिए ।

हेर्नुहोस् क्रम संख्या ४

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ