चौतर्फी आलोचनापछि खगेन्द्र सुनारको नाम काटियो, भूमी मन्त्रालयमा गणपतिलालको असन्तुष्टि

मन्त्रिपरिषद् विस्तारः

चौतर्फी आलोचनापछि खगेन्द्र सुनारको नाम काटियो, भूमी मन्त्रालयमा गणपतिलालको असन्तुष्टि

डा. सुधा र बब्लुले मात्र मन्त्रीको सपथ लिए

khagendra-ganapati

काठमाडौं । सपथको अन्तिम समयमा अभियन्ता खगेन्द्र सुनार गणपतिलाल श्रेष्ठको नाम मन्त्री हुने लिष्टबाट हटाइएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार ४ जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेकी थिइन् । तर, सुनारको नाम विवादमा परेपछि उनीहरुको नाम हटाइएको हो ।

श्रममन्त्रीमा सिफारिस सुनारविरुद्ध अदालतमा चलेका मुद्दा विचाराधीन रहेको तथ्य बाहिर आएपछि उनको नियुक्ति रोकिएको हो ।

यस्तै, भूमि सुधार मन्त्रीमा सिफारिस भएका श्रेष्ठले पनि दिइएको मन्त्रालयमा चित्त नबुझाएपछि शपथ नभएको हो । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार श्रेष्ठले पर्यटन मन्त्रालयको आकंक्षा राखेका थिए । तर प्रधानमन्त्री कार्कीले उनलाइ भूमी मन्त्रीमा सिफारिस गरेकी थिइन् । जसमा श्रेष्ठले असन्तुष्टी जनाएको बताइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डा. सुधा शर्मा गौतम र युवा तथा खेलकुद मन्त्रीमा बब्लु गुप्ता सिफारिस भए । उनीहरूको मात्र आइतबार शपथग्रहण गराइएको छ ।

डा. सुधा पूर्व स्वास्थ्य सचिव हुन् भने बब्लु ‘१०० ग्रुप’ का अध्यक्ष हुन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ