काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजीसहितको सहभागितामा सर्वदलीय/सर्वपक्षीय सरकार गठनको प्रस्ताव अघि सारेका छन् ।
राष्ट्रिय मानवाधिकार तथा सामाजिक न्याय मञ्च (मानवाधिकार एलाइन्स) को टोलीसँग सोमबार भएको भेटवार्ताका क्रममा वर्तमान संकट टार्नेगरी सर्वपक्षीय सरकार बनाउने प्रस्ताव अध्यक्ष ओलीले गरेको पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।
सो भेटवार्ताका विषयबारे जानकारी गराउँदै रिजालले विभिन्न ६ वटा बुँदामा ओलीले अघि सारेका ‘मार्गचित्र’ भन्दै प्रस्तुत गरेका छन् ।
रिजालका अनुसार, ओलीले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै पुनर्स्थापना हुनुपर्ने बताएका थिए ।
त्यस्तै, उनले प्रतिनिधिसभाबाट संविधान संशोधन गर्ने र संसद् सदस्य नभएको व्यक्ति चुनावी सरकारको प्रधानमन्त्री नियुक्त हुनसक्ने व्यवस्था गर्नुपर्ने पनि बताएका छन् ।
‘प्रतिनिधिसभाबाट तुरुन्तै संविधान संशोधन गरी संसद् सदस्य नरहेको व्यक्ति पनि चुनावी सरकारको प्रयोजनका लागि दलहरुको सहमतिमा राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त हुन सक्ने व्यवस्था,’ छलफलको अन्तर्य खुलाउँदै रिजालले भनेका छन् ।
उनले जेनजी आन्दोलनबाट आफूलाई प्रधानमन्त्रीबाट हटाइएको भए पनि तिक्तता बढ्न नदिन पुन: प्रधानमन्त्रीको दाबी नगर्ने पनि छलफलमा स्पष्ट पारेको रिजालले बताएका छन् ।
त्यसरी बनेको सरकारले तीन महिनाभित्रै निर्वाचन गर्न सम्भव भएको र २१ फागुनकै घोषित मितिमा नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्न सम्भव भएको पनि ओलीले बताएका छन् ।
‘संविधान र लोकतन्त्रलाई लिकमा ल्याउन यी सबै कामको सुनिश्चितताका लागि राजनाीतिक दलहरूबीच अग्रिम सहमति निर्माण,’ ओलीले आफ्नो प्रस्तावमा भनेका छन् ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’