बालेन लक्षित माधव नेपालको टिप्पणी: संसद विघटन जेनजीको माग थिएन, घुसपैठियाले गरे

राजनीति

बालेन लक्षित माधव नेपालको टिप्पणी: संसद विघटन जेनजीको माग थिएन, घुसपैठियाले गरे

Madhav Nepal Kumar

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले घुसपैठियाले संसद विघटन गरेको आरोप लगाएका छन्।

उनको भनाइ बालेन लक्षित गरी आएको हो । बालेनले नै संसद बिघटन र प्रधानसेनापतिसँगको वार्ता प्रथम शर्तका रुपमा फेसबुकमा लेखेका थिए ।

बुधबारबाट सुरू भएको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले जेनजी पुस्ताको माग वर्तमान संविधानको खारेजी र संसदको विघटन नभएको बताएका हुन्।

‘उनीहरूको माग लोकतन्त्रको अन्त्य गर्ने नभई लोकतन्त्रलाई अझ बढी जनपक्षीय बनाउने थियो। प्रतिनिधि सभाको विघटन गराउने काम घुसपैठियाहरूले गरे। उनीहरूले यही मौकामा लोकतन्त्रलाई नै समाप्त पार्ने उद्देश्यले संविधान खारेज गराउने र अस्थिरता निम्त्याएर मुलुकलाई असफल राष्ट्र बनाउने षड्यन्त्र गर्दैछन्। यसमा जेनजी पुस्तासमेत सचेत हुन जरूरी छ,’ उनले भनेका छन्।

लोकतन्त्र नै रहेन भने वाक स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता, भेला हुने स्वतन्त्रता र संगठित हुने स्वतन्त्रता लगायत सबै प्रकारका मौलिक हक र नागरिक अधिकार खोसिनेतर्फ जेनजी सचेत हुनुपर्ने उनले बताएका छन्।

‘यो निर्विवाद हो कि लोकतन्त्र नभएको राज्यमा भ्रष्टाचार र कुशासन विरूद्धका आन्दोलन गर्न नपाइने मात्र होइन बोल्न समेत नपाइने अवस्था सिर्जना हुन्छ,’ उनले भनेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ