राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अघिल्लाे सरकारले आफूविरुद्ध लगाएकाे मुद्दामा वर्तमान सरकारकाे धारणा खोजेका छन्।
आफूविरुद्ध राजनीतिक प्रतिशाेधका आधारमा मुद्दा लगाइएको दाबी गर्दै लामिछानेले वर्तमान सरकारको धारणा खोजेको बताए।
कारगारबाट चार बुँदे सन्देश जारी गर्दै उनले एक पटक चिठ्ठा परेकालाई पटक पटक नपर्ने पनि चेतावनी दिएका छन्।
उनले वैकल्पिक र परिवर्तनकारी दल, समूह र व्यक्तिलाई एकीकृत गर्ने जिम्मेवारी रास्वपामा छ भन्दै आवश्यक पर्दा नेतृत्व र त्याग दुवै गर्न तयार रहेको बताएका छन्।
लामिछानेलाई नख्खु कारागारमा भेटेपछि लामिछानेका प्रेस सल्लाहकार प्रमोद न्यौपानेले उनी पूर्ववत स्वस्थ, दृढ र आत्मविश्वासी रहेकाे बताए।
राजनीतिक चासाे लिनेलाई अवगत गराइदिनु भन्दै लामिछानेले चार बुँदे सन्देश दिएको पनि न्यौपानेले बताए।
यस्ता छन् रविका चार सन्देश
(१) अघिल्लाे सरकारले राजनीतिक प्रतिशाेधका आधारमा मविरुद्ध लगाएकाे मुद्दामा वर्तमान सरकारकाे धारणा खाेजिरहेकाे छु, ‘फेवर’ हाेइन। हिजाे ‘अन्याय भयाे’ भन्नेहरूले आज केही त बाेल्नु पर्ला!
(२) पछिल्लाे जनमतका आधारमा चाैथाे शक्ति हुनुकाे नाताले वैकल्पिक र परिवर्तनकारी दल, समूह र व्यक्तिलाई एकीकृत गर्ने जिम्मेवारी रास्वपामा छ। आवश्यक पर्दा रास्वपाले नेतृत्व र त्याग दुबै गर्छ।
(३) एकपटक चिठ्ठा परेकाहरू पटक-पटक पराेस् भन्ने ठान्छन्। तर, संयाेग दाेहाेरिरहँदैन नि! भर्खरै चिठ्ठा परेका केहीलाई फेरि चिठ्ठाकै आश/लाेभ छ। लाेभीहरूले चिठ्ठा किन्न सक्छन। तर, फेरि पर्छ नै भन्ने हुन्न। हरेक जालमा माछा पर्दैन नि!
(४) रास्वपालाई मुलुककाे नेतृत्व गर्ने दल बनाउनु छ। त्याे क्षणिक लाभ-हानी साेचेर बन्दैन। अत्यन्तै खराव परिस्थिति आए पनि रास्वपालाई एक नम्बरकाे शक्ति बनाउने दृढतामा कमजाेर हुन्न, मेहनत र समय कति लाग्छ त्याे ठूलाे कुरा हाेइन।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’