मुग्लिन-नारायणगढ र पृथ्वी राजमार्गमा अत्यावश्यक काम नभई यात्रा नगर्न प्रशासनको आग्रह

मुग्लिन-नारायणगढ र पृथ्वी राजमार्गमा अत्यावश्यक काम नभई यात्रा नगर्न प्रशासनको आग्रह

तुइनखोला र पृथ्वी राजमार्गको मुग्लिनदेखि मलेखुसम्म हिजो साँझदेखि नै स-साना पहिरो खसिरहेको छ

Prithvi Highway Jaam

मुग्लिन-नारायणगढ र पृथ्वी राजमार्गमा अत्यावश्यक नभई यात्रा नगर्न चितवन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा नारायणगढ-मुग्लिन सडकको तुइनखोला र पृथ्वी राजमार्गको मुग्लिनदेखि मलेखुसम्म हिजो साँझदेखि नै स-साना पहिरो खसिरहेको उल्लेख छ ।वर्षा नरोकिएकाले पहिरोको जोखिम बढेको प्रशासनको भनाइ छ ।

साना पहिरो सफा गर्दै बाटो खुलाउने गरे पनि बर्खा नरोकिएको हुँदा पहिर‍ोको जोखिम पनि बढेको अर्यालको भनाइ छ । नारायणगढ-मुग्लिन र पृथ्वीराजमार्ग राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई पूर्व पश्चिम महेन्द्र राजमार्गसँग जोड्ने मुख्य सडक खण्ड हुन् । यी सडक हुँदै दैनिक १०/१५ हजार गाडी ओहोरदोहोर गर्छन् । तर पछिल्ला वर्ष बर्खायाम र कुनै बेला हिउँदमा पनि पहिरो र सुक्खा पहिरो खसेर घण्टौं बाटो अवरुद्ध हुने गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ