नेकपा एमालेका नेता महेश बस्नेतले सिंहदरबार जलाउने मान्छेहरू आतंककारी रहेको भन्दै टिप्पणी गरेका छन्।
शनिवार युवा संघले पोखरामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै बस्नेतले यस्तो बताएका हुन्।
‘हिजो अमेरिकामा ट्वीन टावर जलाउँदा ओसमा बिन लादेन आतंकवादी भए। अमेरिकाले खोजी खोजी आक्रमण ग¥यो,’ बस्नेतले भने,‘आज मेरो सिंहदरबार जलाउने व्यक्तिहरू आतंकवादी हुन्, आज मेरो सर्वोच्च जलाउने मान्छे आतंकवादी हुन्, आज मेरा संसद् भवन जलाउने मान्छेहरू आतंकवादी हुन्।’
प्रहरीको मनोबल फिर्ता गर्नुपर्ने, खोसिएका लत्ताकपडा र हातहतियार फिर्ता हुनुपर्ने उनले बताए। ‘हतियार अपराधीहरूले लगेर लाखौँमा बेच्न थालेका छन्, टिकटक बनाउन थालेका छन्। हतियार लगेर आफ्नै आमाको हत्या गर्न थालेका छन्,’ उनले भने।
हतियार लुटेरा कि लागु औषधका व्यापारी, कि हिजो हतियार चलाउन सिकाएको माओवादीले लगेको उनले दाबी गरे।
सहकारी ठगले जेलको नाइके हुने हो, प्रधानमन्त्री होइन
नेता बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने लक्षित तिखो टिप्पणी दिए।
‘रवि लामिछाने १४ हजार कैदीहरूको नेतृत्व गरेर जेलबाट निस्कँदै तपाईँहरूले एउटा भिडिओ भाइरल भएको देख्नुभएको छ,’ बस्नेतले भने, ‘यहाँ चिठी ल्याउन ढिला भयो, छिटो तोडफोड गर भनेर उनले संकेत गरिरहेको भिडिओ अहिले भाइरल भइरहेको छ।’
रविले आफूसँगै १४ हजार कैदीहरूलाई बाहिर निकालेर आफू देशको प्रधानमन्त्री बन्न चाहेको बस्नेतले दाबी गरे। ‘यस्ता खालका प्रवृत्ति भएका सहकारी ठगहरू देशको प्रधानमन्त्री होइन, जेलको नाइके हुने हो। उनी अब नख्खु कारागारको नाइके हुने लाइनमा लागे हुन्छ,’ उनले भने।
काठमाडौंपछि सबैभन्दा बढी क्षति पोखरामा भएको र त्यो पनि रविकै कारणले भएको उनले बताए। ‘प्रदेशको संसद् हानियो, यहाँ रवि लामिछाने ल्याएको कारणले यहाँको अदालतमाथि आक्रमण भयो। यहाँका सबै संरचनाहरूलाई ध्वस्त बनाइयो,’ बस्नेतले भने।
सम्बन्धित खबर
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
रास्वपाले भोलि मन्त्रीको नाम टुंगो लगाउने, बैठक बस्दै
प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रतिवेदन राष्ट्रपति समक्ष पेश
रवि लामिछाने सम्बन्धी मुद्दाको सुनुवाइ थप केही दिन लम्बिने
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह