नेकपा एमालेका नेता महेश बस्नेतले सिंहदरबार जलाउने मान्छेहरू आतंककारी रहेको भन्दै टिप्पणी गरेका छन्।
शनिवार युवा संघले पोखरामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै बस्नेतले यस्तो बताएका हुन्।
‘हिजो अमेरिकामा ट्वीन टावर जलाउँदा ओसमा बिन लादेन आतंकवादी भए। अमेरिकाले खोजी खोजी आक्रमण ग¥यो,’ बस्नेतले भने,‘आज मेरो सिंहदरबार जलाउने व्यक्तिहरू आतंकवादी हुन्, आज मेरो सर्वोच्च जलाउने मान्छे आतंकवादी हुन्, आज मेरा संसद् भवन जलाउने मान्छेहरू आतंकवादी हुन्।’
प्रहरीको मनोबल फिर्ता गर्नुपर्ने, खोसिएका लत्ताकपडा र हातहतियार फिर्ता हुनुपर्ने उनले बताए। ‘हतियार अपराधीहरूले लगेर लाखौँमा बेच्न थालेका छन्, टिकटक बनाउन थालेका छन्। हतियार लगेर आफ्नै आमाको हत्या गर्न थालेका छन्,’ उनले भने।
हतियार लुटेरा कि लागु औषधका व्यापारी, कि हिजो हतियार चलाउन सिकाएको माओवादीले लगेको उनले दाबी गरे।
सहकारी ठगले जेलको नाइके हुने हो, प्रधानमन्त्री होइन
नेता बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने लक्षित तिखो टिप्पणी दिए।
‘रवि लामिछाने १४ हजार कैदीहरूको नेतृत्व गरेर जेलबाट निस्कँदै तपाईँहरूले एउटा भिडिओ भाइरल भएको देख्नुभएको छ,’ बस्नेतले भने, ‘यहाँ चिठी ल्याउन ढिला भयो, छिटो तोडफोड गर भनेर उनले संकेत गरिरहेको भिडिओ अहिले भाइरल भइरहेको छ।’
रविले आफूसँगै १४ हजार कैदीहरूलाई बाहिर निकालेर आफू देशको प्रधानमन्त्री बन्न चाहेको बस्नेतले दाबी गरे। ‘यस्ता खालका प्रवृत्ति भएका सहकारी ठगहरू देशको प्रधानमन्त्री होइन, जेलको नाइके हुने हो। उनी अब नख्खु कारागारको नाइके हुने लाइनमा लागे हुन्छ,’ उनले भने।
काठमाडौंपछि सबैभन्दा बढी क्षति पोखरामा भएको र त्यो पनि रविकै कारणले भएको उनले बताए। ‘प्रदेशको संसद् हानियो, यहाँ रवि लामिछाने ल्याएको कारणले यहाँको अदालतमाथि आक्रमण भयो। यहाँका सबै संरचनाहरूलाई ध्वस्त बनाइयो,’ बस्नेतले भने।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’