नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीबीच कात्तिक २० गते पार्टी एकता हुने भएको छ।
आइतबार बसेको सचिवालय बैठकले दुवै पार्टीको संयुक्त केन्द्रीय समिति बैठकले कात्तिक २० गते तय भएको प्रवक्ता एवम् उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए।
‘एकीकृत समाजवादीलगायत एकतामा आउने दलहरूको संयुक्त केन्द्रीय समितिको बैठक कात्तिक २० गते बस्ने तय भएको छ,’ उनले भने। त्यसपछि एकता घोषणा गर्ने तयारी छ।
समाजवादी मोर्चा आबद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी, नेत्रविक्रम चन्द्र ‘विप्लव’बाट अलग्गिएका चिरन सीसहितको एउटा समूह, महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, राजु कार्की नेतृत्वको नेकपा (समाजवादी) सहितका दल एकताको प्रक्रियामा छन्।
उनीहरूबीच नीति, नेतृत्व टुंगो लागिसकेको छ। पार्टीको नाम नेकपा (समाजवादी) रहने नेताहरूले बताएका छन् ।
नेतृत्व संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन्। सहसंयोजक माधव नेपाल रहनेछन्।
एकीकृत पार्टी बहुपदीय ढाँचाको रहने छैन। मार्क्सवाद, लेनिनवाद मार्गदर्शक सिद्धान्त रहने नेपाली विशेषताको समाजवाद तत्कालकको कार्यनीति रहने र दीर्घकालीन लक्ष्य वैज्ञानिक समाजवादी रहने तय भएको छ।
एस बैठक झलनाथ र घनश्यामले बहिष्कार गरे
नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकमा पार्टी एकताप्रति असन्तुष्ट नेताहरु अनुपस्थित भएका छन् । आइतबारको सचिवालय बैठकमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत अनुपस्थित भएका हुन् ।
उनीहरुलाई सचिवालय बैठकमा बोलाइएको थियो । खनालले आफूलाई सञ्चो नभएको जानकारी गराएका थिए । भुसाल र बस्नेतले भने नआउने जानकारी गराए । “झलनाथले आफूलाई सञ्चो छैन भन्नुभयो । घनश्याम र घनेन्द्रले नआउने जानकारी गराउनुभएको थियो,” एक सचिवालय सदस्यले भने ।
झलनाथ–घनश्याम समूहले शनिबार छुट्टै भेला गरेको थियो ।
माओवादी बैठकमा जनार्दन अनुपस्थित
माओवादी उपमहासचिव जनार्दन शर्माले आइतबारको सचिवालय बैठक बहिष्कार गरेका हुन्।
माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार शर्मा बैठकमा उपस्थित भएनन्। एकीकृत समाजवादीलगायतका वाम दलसँग पार्टी एकता गर्ने प्रस्तावप्रति शर्मा असन्तुष्ट छन्। उनले ‘माओवादी’ शब्द पार्टीको नामबाट हटाउन नहुने अडान लिँदै आएका छन्।
संस्थापन पक्षले शर्मामाथि अराजक गतिविधि गरेको आरोप लगाएको छ।
शनिबारको बैठकमा आफ्ना धारणा राखेपछि शर्मा बीचमै उठेर बैठक छाडेका थिए। त्यसप्रति संयोजक प्रचण्डले आपत्ति जनाएका छन्। प्रचण्डले शनिबारको बैठकपछि भने, ‘उहाँले आफ्नो विचार राख्नुभयो र त्यसपछि उठेर हिँड्नुभयो। त्यो राम्रो शैली होइन, कसैलाई मन पर्ने शैली पनि होइन। बसेर छलफल गर्नुपर्छ।’ पार्टीले माओवाद छोड्दैछ र महाधिवेशन टार्न खोज्दैछ भन्ने आरोपलाई संयोजक प्रचण्डले अराजक र निराधार भन्दै खारेज गरेका छन्।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’