जेनजी आन्दोलनका ४५ मृतकलाई सहिद घोषणा

जेनजी आन्दोलनका ४५ मृतकलाई सहिद घोषणा

Sushila-cabiante-kattik-17

काठमाडौं । सरकारले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ।

राष्ट्रहित, सुशासन र भ्रष्टाचार नियन्त्रणको माग राख्दै गत भदौ २३ र २४ गते देशभर भएका प्रदर्शनका क्रममा उनीहरूको मृत्यु भएको थियो।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिएअनुसार, काठमाडौंलगायत मुलुकका विभिन्न भागमा प्रदर्शनका क्रममा मृत्यु भएका ४५ जना व्यक्तिलाई राज्यका तर्फबाट सहिद घोषणा गर्ने निर्णय भएको हो।

‘खासगरी गृह मन्त्रालयअन्तर्गत रहेको समिति र अन्य सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयबाट आएको अध्ययनबाट ४५ जना व्यक्तिलाई सहिद घोषणा गरिएको छ’, मन्त्री खरेलले भने, ‘अन्य थपको बारेमा अध्ययन हुँदैन।’

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले मन्त्रिपरिषद्को निर्णयअनुसार सहिदहरूको नाम राजपत्रमा प्रकाशित गरिने बताए।

मृतक ७६ मध्ये सरकारले सहिद घोषणा गरेका ४५ जनाको नामावली:
१ बुद्धिबहादुर तामाङ, किर्तिपुर-२, काठमाडौं
२ सन्तोष बिश्वकर्मा, बेलका-४, उदयपुर
३ सुलभराज श्रेष्ठ, नेपालगञ्ज-१, बाँके
४ श्रीयम चौलागाई, बेलबारी-११ मोरङ
५ ईस्वतबहादुर अधिकारी, कामपा-११, काठमाडौं
६ आयुष थापा, नेपालगन्ज-१, बाँके
७ गौरव जोशी, धनगढी-५, कैलाली
८ योगबहादुर श्रेष्ठ बारविसे-६, सिन्धुपाल्चोक
९ माधव सारू मगर, भूमिकास्थान-४, अर्घाखाँची
१० विमलबाबु भट्ट, बारपाक सुलिकोट-५, गोरखा
११ असहाव आलम ठकुराई, विरगंज-१२, पर्सा
१२ सौरनकिशोर श्रेष्ठ, बाग्लुङ-४, बाग्लुङ
१३ सुभाषकुमार बोहरा, खप्तडछान्ना-७, बझाङ
१४ रसिक खतिवडा खत्री, पनौति-१०, काभ्रे
१५ विनोद महर्जन, ललितपुर-७, ललितपुर
१६ दिलनारायण तामाङ, तिमाल-७, काभ्रे
१७ योगेन्द्र न्यौपाने, गोलान्जोर-१, सिन्धुली
१८ अभिषेक श्रेष्ठ, इनरुवा न.पा.-६, सुनसरी
१९ मोहन सरदार, इटहरी-१४, सुनसरी
२० छत्रमान कुथुमी, पाख्रिबास-२, धनकुटा
२१ ओझन बुढा, स्वामिकार्तिक खापर-२, बाजुरा
२२ साजन राई, धरान-२२, सुनसरी
२३ अनिश पराजुली, पालुङटार-३, गोरखा
२४ सारकुमार राई, चौदन्डीगढी-३, उदयपुर
२५ अर्जुन भट्ट, गण्डकी-४, गोर्खा
२६ धिरज श्रेष्ठ, तादी-३, नुवाकोट
२७ देवकुमार सुवेदी, लालबन्दी-५, सर्लाही
२८ उमेश महत, चौतारा साँगाचोक-८, सिन्धुपाल्चोक
२९ प्रविण कुलुङ, सिलिचुङ-३, संखुवासभा
३० निखिता गौतम, कालिका-८, चितवन
३१ अभिषेक चौलागाई, शैलुङ-४, दोलखा
३२ विजय चौधरी, लहान-१५, सिरहा
३३ भीमराज धामी, दुर्गाथली-१, बझाङ
३४ निरज पन्त, दशरथ-६, बैतडी
३५ दीपकसिंह साउद, शिवनाथ-२, बैतडी
३६ शुभराज बलामी श्रेष्ठ, ककनी-१, नुवाकोट
३७ ज्ञानिन्द्र सेढाई, अर्जुनधारा-११, झापा
३८ दिनेश राजवंशी, अर्जुनधारा-८, झापा
३९ कमल भण्डारी, हिलिहाङ-२, पाँचथर
४० दीपेश सुनुवार, तीनपाटन-६, सिन्धुली
४१ महेश बुढाथोकी, विगु-३, दोलखा
४२ लच्छुमान राई, पञ्चकन्या-२, नुवाकोट
४३ मिलन राय, दूधौली-८, सिन्धुली
४४ अमृत गुरुङ, रूपा-५ कास्की
४५ उत्तम थापा, लेकाम-३, दार्चुला

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ