नेपाली किसानले उत्पादन गरेका महले नेपाली बजारको मागलाई धान्ने हुँदा स्थानीय बजार प्रवर्द्धन गर्न डेढ वर्षदेखि गरिएको मह आयात रोक वर्तमान सरकारले खुलाएको छ ।
मह बिक्रीको सिजन आएलगत्तै कृषि मन्त्री डा.मदनप्रसाद परियारले बैठक बसेर बहुराष्ट्रिय कम्पनीलाई फाइदा पुग्नेगरि आयात खुला गरेका हुन् ।
असोज २७ गते मन्त्री डा. परियारको अध्यक्षतामा बैठक बसेर कृषि विकास सचिव डा. गोविन्दप्रसाद शर्मा, पशुपंक्षी विकास सचिव डा. कुमार खराल तथा सम्बन्धित कार्यालयका व्यक्ति र नेपालमा मह भित्र्याउन बहुराष्ट्रिय कम्पनी डाबर नेपाल, पतञ्जली नेपाल र नेपाल मौरीपालक महासंघका कोषाध्यक्ष समेत सहभागी थिए ।
उक्त बैठकले आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमासिक कोटा भन्दै १२५ मेट्रिक टन डाबर नेपाल र ४० मेट्रिक टन मह पतंजली नेपाललाई उपलब्ध गराउने निर्णय गरेको प्रतिलिपी सार्वजनिक भएको छ ।
मौरीपालक महासंघका कोषाध्यक्ष जनकबाबु तिवारीले स्थानीय मह पर्याप्त हुँदाहुँदै मन्त्राालयले स्वीकृति दिएको गुनासो गरे ।
मन्त्रालयले मह खरिदको अनुमति दिएसँगै मह किसानहरुले विरोध गरेका छन् । मौरीपालक महासंघका किसानहरुसहित उनीहरुले नेपालमा नै पर्याप्त मह उत्पादन भएकोले आयात निर्णय रोक्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।
सम्बन्धित खबर
दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने
लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण: उपराष्ट्रपति
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च भाग्न पाउँदैन: महेश बस्नेत
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो