पोखरा । जेनजी आन्दोलनका कारण अनिश्चितकालका लागि स्थगित भएको गण्डकी प्रदेशसभाको बैठक कात्तिक २४ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।
सभामुख कृष्णप्रसाद धितालले भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पोखरा–५, मालेपाटनस्थित हललाई अस्थायी प्रदेशसभा भवनका रूपमा प्रयोग गर्ने गरी बैठक आह्वान गरेका हुन् ।
भदौ २४ गतेको आगजनीबाट प्रदेशसभा र सचिवालयका भवनहरू पूर्ण रूपमा क्षतिग्रस्त भएपछि प्रदेशसभा बैठक बस्न सकेको थिएन । जेनजी आन्दोलनले निम्त्याएको यो क्षतिले गण्डकी प्रदेशको विधायिकी प्रक्रियामा ठूलो असर पारेको छ । यसअघि असोज १८ गते सभामुख धितालले सूचना जारी गरेर असोज २२ गतेका लागि बैठक आह्वान गरे पनि अन्तिम समयमा पुनः स्थगित हुन पुगेको थियो ।

जेनजी आन्दोलनले गण्डकी प्रदेशमा विशेषगरी युवा पुस्ताको असन्तुष्टि र आक्रोशलाई उजागर गरेको थियो । आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडले सरकारी सम्पत्तिमा ठूलो क्षति पु¥याउनुका साथै प्रदेशको समग्र प्रशासनिक कार्यमा अवरोध सिर्जना गरेको थियो । प्रदेश सरकारका अन्य कार्यालयहरूले सरसफाइ र मर्मत गरी काम थाले पनि प्रदेशसभाका भवनहरू भने तत्काल प्रयोगमा आउने अवस्थामा छैनन् ।
प्रदेशसभाका सचिव गोविन्द पौडेलले संसद बैठकका लागि आन्तरिक व्यवस्थापन सकिएको जानकारी दिए । यो बैठकमा विशेषगरी जेनजी आन्दोलनपछि प्रदेशमा उत्पन्न परिस्थितिको समीक्षा, क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका बारेमा छलफल हुनेछ । यसअघि दर्ता भएका महत्वपूर्ण विधेयकहरूमाथि छलफल र पारित गरिने सचिव पौडेलले बताए । २३ गते कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर कार्यसूची तयार गरिने छ । सचिव पौडेलाका अनुसार ४ दिनजति बैठक सञ्चालन गरी अधिवेशन अन्त्य हुने छ ।
गण्डकी प्रदेशसभामा अहिले खानी तथा खनिजसम्बन्धी विधेयक र गण्डकी विश्वविद्यालय ऐनको संशोधन विधेयक विचाराधीन अवस्थामा छन् । यसका साथै, सरकारले औषधीय उपयोगका लागि गाँजा खेतीसम्बन्धी विधेयक पनि सदनमा दर्ता गराएको छ, जुन विषयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा व्यापक चासो पाइरहेको छ । यो विधेयकले प्रदेशको आर्थिक विकास र स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण प्रभाव पार्न सक्ने सम्भावना छ ।
सम्बन्धित खबर
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
नेविसंघले गर्यो माउ पार्टी कांग्रेससँग सम्बन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने निर्णय
प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रतिवेदन राष्ट्रपति समक्ष पेश
चरम निराशा र गुटबन्दीका कारण ठूला दलले आफ्नै कार्यकर्ताको मत समेत गुमाए: संविधानविद्
मोरङमा राष्ट्रपति सी जिनपिङको किताब जलाएपछि चीनको गम्भीर चासो
यी हुन् ६ दलका ११० समानुपातिक सांसद [सूचीसहित]
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु