आलमदेवी भलिबल प्रतियोगितामा गल्याङ –७ च्याम्पियन

आलमदेवी भलिबल प्रतियोगितामा गल्याङ –७ च्याम्पियन

galyang-7 champion-aalamdevi

स्याङ्जाको कालीगण्डकी गाउँपालिका –३ लसर्घा आलमदेवी देउरालीमा जनज्योति युवा क्लबले आयोजना गरेको ३९औं वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता गल्याङ नगरपालिका -७ च्याम्पियन बनेको छ ।

हरिबोधनी एकादशी पर्वको अवसरमा भएको प्रतियोगितामा कालीगण्डकी गाउँपालिका -१ लाई २५-१८, २५-२३ र २५-१८ को अंकसहित ३-० को सोझो सेटमा पराजित गर्दै गल्याङ नगरपालिका –७ विजेता भएको हो ।

विजेता गल्याङ -७ ले एक लाख ३० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो भने उपविजेता कालीगण्डकी गाउँपालिका –१ ले ८० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको हो ।

यस्तै, तेस्रो भएको कालीगण्डकी –३ र सान्त्वना कालीगण्डकी –४ ले क्रमशः ४० हजार र २० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाएका हुन् ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी सुगम विक (गल्याङ-७), उदयमान खेलाडी अभिनास सेन्चुरी (कालीगण्डकी-३), उत्कृष्ट स्पाइकर उमेश सेन्चुरी (गल्याङ-७), उत्कृष्ट सेटर सौरभ गुरुङ (गल्याङ-७), उत्कृष्ट ब्लकर रवि केसी (कालीगण्डकी-३), उत्कृष्ट सर्भर नवीन महतो (कालीगण्डकी-१), उत्कृष्ट डिफेन्डर राजन दर्लामी मगर (गल्याङ-७) र उत्कृष्ट प्रशिक्षक उमेश श्रेष्ठ (गल्याङ-७) घोषित भएका थिए ।

सर्वोत्कृष्ट खेलाडीले तीन हजार रुपैयाँ नगदसहित ट्रफी र विधागतका अन्य खेलाडी र प्रशिक्षकलाई जनही एक हजार पाँच सय रुपैयाँका दरले पुरस्कृत गरिएको थियो ।

विजेता, उपविजेता टिमका साथै विधागततर्फ सबैलाई कालीगण्डकी गाउँपालिका अध्यक्ष खिम बहादुर थापालगायतले पुरस्कार प्रदान गरेका हुन् ।

कार्तिक १६ गतेदेखि सुरु भएको प्रतियोगितामा चर्चित भलिबल खेलाडी रवि केसीसहित उमेश सेन्चुरी, मनिस मानन्धर, हरि पाण्डे, नवीन महतो, सूर्य विक, रुपेन्द्र गैह्रे, सन्तोष महत, सुगम विक र गण्डकीका चर्चित डिफेन्डर राजन दर्लामीसहितको छ टिमको सहभागिता रहेको थियो ।

कार्यक्रममा लोक तथा दोहोरी गायक मिलन लामा, किस डान्स एकेडेमी रामपुर, पाल्पाका कलाकारहरूले आकर्षक प्रस्तुति दिएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ