प्रधानमन्त्रीले दलका नेताहरूलाई हेर्नै नचाहेको भन्दा चसक्क बिझेको छ : प्रचण्ड

राजनीति

प्रधानमन्त्रीले दलका नेताहरूलाई हेर्नै नचाहेको भन्दा चसक्क बिझेको छ : प्रचण्ड

sushila_Prachanda

काठमाडौं : नवगठित नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री सुशीला कार्कीको भनाइले मनमा चसक्क भएको बताएका छन्।

आफूहरूको अनुहार हेर्नै मन नलागेको प्रधानमन्त्री कार्कीको अभिव्यक्तिप्रति संयोजक प्रचण्डले दुखेसो पोखेका हुन्। उनले पूर्वप्रधानन्यायाधीश समेत रहेका कार्कीलाई प्रधानमन्त्री बनाउन र चुनावको वातावरण बनाउन आफूहरूले सकेको भूमिका खेलेको बताए।

‘मिडियामा आएको कुरा थाहा छैन साँचो हो कि झुटो। हामीले चुनावको माहोल बनाउनका लागि, सुशीलाजीलाई प्रधानमन्त्री बनाउनका लागि र संविधान बचाउन खेलेको भूमिकालाई जसरी हेर्नुपर्थ्यो त्यसरी हेरिएको छैन कि? अझ उल्टो फलाना-फलाना नेतालाई त हेर्नै मन छैन भनेर भन्नुभयो रे। त्यसो भन्दा चसक्क त बिझेको छ। मलाई थाहा छैन प्रधानमन्त्रीजीले त्यस्तो भाषा भन्नुभएको हो कि होइन। आशा गर्छु त्यस्तो हुँदैन,’ उनले भने।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ