‘ओलीले इज्जत, सम्मान हुन्छ फर्कनुस् भनेपछि एमाले फर्कन लाग्यौं’

राजनीति

‘ओलीले इज्जत, सम्मान हुन्छ फर्कनुस् भनेपछि एमाले फर्कन लाग्यौं’

कात्तिक २४ गते दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा ‘घर फर्कने अभियान’ कार्यक्रम आयोजना

Untitled design – 1

Untitled design – 1

काठमाडौं । नेकपा एकीकृत समाजवादी छाडेका नेताहरू रामकुमारी झांक्री, किसान श्रेष्ठ लगायतका नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार, उनीहरूले आज अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् । यही कात्तिक २४ गते दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा ‘घर फर्कने अभियान’ कार्यक्रम आयोजना गरिएको पनि उनले बताए ।

आफूहरू निशर्त एमालेमा फर्कनका लागि तयार भएको नेता श्रेष्ठले यसअघि नै बताइसकेका छन् ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालहरू माओवादी केन्द्रसहितका घटकहरूसँग एकता गरेका छन् । यद्यपि झांक्रीसहितका नेताहरू भने एकता प्रक्रियामा सामेल भएनन् ।

झांक्री र श्रेष्ठसहितका नेताहरूले पत्रकार सम्मेलन आयोजना गरेर आफूहरू एमालेमा फर्कनसक्ने संकेत गरेका थिए ।

कृष्णकुमार श्रेष्ठ किसानले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आज भेटवार्ता भएको र आफूहरू एमाले फर्कन लागेको बताएका छन्।

गुण्डुस्थित ओली निवासमा एकीकृत समाजवादीका नेताहरू र अध्यक्ष ओलीबीच भेटवार्ता भएको थियो।

उक्त भेटमा अध्यक्ष ओलीले एकीकृत समाजवादीका नेताहरूलाई एमालेमा फर्कन आग्रह गरेका थिए।

भेटवार्तामा अध्यक्ष ओलीले भनेका कुराबारे जानकारी दिँदै किसानले भने, ‘तपाईंहरूको इज्जत र मानसम्मान पार्टीभित्र हुन्छ, तपाईंहरू घर फर्कनुस्।’

अध्यक्ष ओलीले यसो भनेपछि स्थायी कमिटी सदस्य रामकुमारी झाक्रीसहित नेताहरूले एमाले फर्कन तयार रहेको कुरा बताएका थिए। त्यसपछि अध्यक्ष ओलीले कात्तिक २४ गतेको समय दिए।

‘घर फर्कने अभियान चलेको छ, कात्तिक २४ गते कार्यक्रम आयोजना हुनेछ, हामी बढीभन्दा बढी मानिससहित एमालेमा फर्कदैछौं,’ नेता श्रेष्ठले भने।

आज गुण्डुस्थित ओली निवासमा स्थायी कमिटी सदस्य झाक्री, निवर्तमान सांसद श्रेष्ठ, पोलिट्ब्युरो सदस्य पिताम्बर भण्डारी, केन्द्रीय सदस्य नवराज पौडेल, अर्जुन राईसहित नेताहरू पुगेका थिए।

भेटमा एमाले महासचिव शंकर पोखरेललगायत नेताहरू पनि थिए।

माधवकुमार नेपाल नेपाली कम्युनिष्ट पार्टीमा सामेल हुँदा झाक्रीसहित नेताहरू सहभागी भएका थिएनन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ