काठमाडौं । नेकपा एकीकृत समाजवादी छाडेका नेताहरू रामकुमारी झांक्री, किसान श्रेष्ठ लगायतका नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार, उनीहरूले आज अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् । यही कात्तिक २४ गते दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा ‘घर फर्कने अभियान’ कार्यक्रम आयोजना गरिएको पनि उनले बताए ।
आफूहरू निशर्त एमालेमा फर्कनका लागि तयार भएको नेता श्रेष्ठले यसअघि नै बताइसकेका छन् ।
पार्टीका अध्यक्ष माधवकुमार नेपालहरू माओवादी केन्द्रसहितका घटकहरूसँग एकता गरेका छन् । यद्यपि झांक्रीसहितका नेताहरू भने एकता प्रक्रियामा सामेल भएनन् ।
झांक्री र श्रेष्ठसहितका नेताहरूले पत्रकार सम्मेलन आयोजना गरेर आफूहरू एमालेमा फर्कनसक्ने संकेत गरेका थिए ।
कृष्णकुमार श्रेष्ठ किसानले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आज भेटवार्ता भएको र आफूहरू एमाले फर्कन लागेको बताएका छन्।
गुण्डुस्थित ओली निवासमा एकीकृत समाजवादीका नेताहरू र अध्यक्ष ओलीबीच भेटवार्ता भएको थियो।
उक्त भेटमा अध्यक्ष ओलीले एकीकृत समाजवादीका नेताहरूलाई एमालेमा फर्कन आग्रह गरेका थिए।
भेटवार्तामा अध्यक्ष ओलीले भनेका कुराबारे जानकारी दिँदै किसानले भने, ‘तपाईंहरूको इज्जत र मानसम्मान पार्टीभित्र हुन्छ, तपाईंहरू घर फर्कनुस्।’
अध्यक्ष ओलीले यसो भनेपछि स्थायी कमिटी सदस्य रामकुमारी झाक्रीसहित नेताहरूले एमाले फर्कन तयार रहेको कुरा बताएका थिए। त्यसपछि अध्यक्ष ओलीले कात्तिक २४ गतेको समय दिए।
‘घर फर्कने अभियान चलेको छ, कात्तिक २४ गते कार्यक्रम आयोजना हुनेछ, हामी बढीभन्दा बढी मानिससहित एमालेमा फर्कदैछौं,’ नेता श्रेष्ठले भने।
आज गुण्डुस्थित ओली निवासमा स्थायी कमिटी सदस्य झाक्री, निवर्तमान सांसद श्रेष्ठ, पोलिट्ब्युरो सदस्य पिताम्बर भण्डारी, केन्द्रीय सदस्य नवराज पौडेल, अर्जुन राईसहित नेताहरू पुगेका थिए।
भेटमा एमाले महासचिव शंकर पोखरेललगायत नेताहरू पनि थिए।
माधवकुमार नेपाल नेपाली कम्युनिष्ट पार्टीमा सामेल हुँदा झाक्रीसहित नेताहरू सहभागी भएका थिएनन्।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु