झलनाथलाई ओलीको कटाक्ष- अस्ति राति १२ बजेसम्म यहीँ हुनुहुन्थ्यो, पद खोज्दै हिजो बिहानै उतै पुग्नुभएछ

राजनीति

झलनाथलाई ओलीको कटाक्ष- अस्ति राति १२ बजेसम्म यहीँ हुनुहुन्थ्यो, पद खोज्दै हिजो बिहानै उतै पुग्नुभएछ

माधव नेपालले पार्टी बनाउन नसकेर प्रचण्डकहाँ झोला बोकेर पुगेको टिप्पणी

oli-jhalnatha-gundu

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव नेपाल पार्टी बनाउन नसकेर झोला बोकेर प्रचण्डकहाँ पुगेको टिप्पणी गरेका छन्।

पार्टीको गीत विमोचन कार्यक्रममा बोल्दै झलनाथ खनाल पनि अस्ति रातिसम्म आफूकहाँ आएर नजाने बताएपछि हिजो पुगेको भन्दै व्यंग्य गरे।

उनले भने, ‘माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमसहित धेरै जानुभएको थियो नि पार्टी बनाउँछु भनेर, अहिले माधव नेपाल झोला बोकेर प्रचण्डकहाँ पुग्नुभयो।’

उनले झलनाथ खनालसँगको भेटमा आफूले सिद्धान्त भन्दा पदको कुरा गर्न भनेको बताए।

उनले थपे, ‘झलनाथजी अस्ति राति १२ बजेसम्म यही हुनुहुन्थ्यो। उता जाँदै जान्न भन्नुहुन्थ्यो, हिजो बिहानै के भएछ कुन्नि, फेरि पुग्नुभएछ। उहाँले सिद्धान्तको कुरा गर्नुहुन्थ्यो, उहाँलाई चाहिएको छ पद सिद्धान्तको होइन पदको कुरा गरौँ भनेको थिएँ। सिद्धान्तको लफडा बेकारको। आफ्नो अहङ्कारले पार्टी फुटाउँछन् अनि सिद्धान्तको लेप लगाउँछन्। पार्टी फुटाउने कुरा कुनै सिद्धान्तले दिन्छ? ’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds