विप्लवको चिन्ता: जेन–जी आन्दोलन जनयुद्ध जस्तै खराब स्थितिमा जान थाल्यो

राजनीति

विप्लवको चिन्ता: जेन–जी आन्दोलन जनयुद्ध जस्तै खराब स्थितिमा जान थाल्यो

Netrabikram_Chand_Biplop

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जेन–जी आन्दोलन माओवादीले गरेको १० वर्षे जनयुद्धको जस्तै खराब हालतमा पुगिसकेको टिप्पणी गरेका छन्।

बिहीबार काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै चन्दले यस्तो टिप्पणी गरेका हुन्।

चन्दले आफू र आफ्नो पार्टीले जेन–जी विद्रोहलाई समर्थन गरेको पनि बताए। ‘जेन–जी आन्दोलनमा डे वानदेखि हाम्रो समर्थन थियो। दुई दिनपछि सरकार ढल्यो, संसद् र सिंहदरबार जल्यो,’ चन्दले भने, ‘जेन–जीहरू संगठित हुने प्रक्रियामा जान सकेन र नेपालमा जेन–जी विद्रोह फेरि असफलता तिर जाने संकेत देखिएको छ।’

जेन–जी आन्दोलन लगभग जनयुद्धकै हालतमा त्यो भन्दा पनि खराब स्थितिमा जेन–जी विद्रोह पुगिरहेको उनले बताए। उनले अगाडि भने, ‘जसरी जनयुद्धपछिको अवस्थालाई दलालहरूले कब्जा गरे ठिक त्यसै गरी जेन–जी विद्रोहपछिको नेपाललाई पनि  विदेशी दलालहरूले कब्जा गर्ने षडयन्त्र गरिरहेका छन्, अहिले।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds