हामी खबरदारी गर्छौँ, तर गृहमन्त्रीको राजीनामा चाहँदैनौँ: रक्षा बम

राजनीति

हामी खबरदारी गर्छौँ, तर गृहमन्त्रीको राजीनामा चाहँदैनौँ: रक्षा बम

om prakash rakshya

जेन–जी अभियन्ता रक्षा बमले आफू नागरिक सरकारको पक्षमा रहेको बताउँदै गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा नचाहने बताएकी छन्। बिहीबार साँझ फेसबुकमार्फत अभियन्ता बमले यस्तो प्रतिक्रिया दिएकी हुन्।

‘हामी नागरिक सरकारको पक्षमा छौँ, तर खबरदारी निरन्तर गर्छौँ,’ अभियन्ता बमले लेखेकी छन्,‘गृहमन्त्रीको राजीनामा चाहँदैनौँ, परिणाम र काम चाहन्छौँ।’

पछिल्लो समय गृहमन्त्री अर्यालमाथि राजीनामाको तीव्र दबाब छ। मूलतः काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले नै उनलाई जिम्मेवारीबाट हटाउन खोजिरहेका समाचार बाहिरिएका छन्। बालेन निकटका विभिन्न पात्रहरूले खुला रूपमै गृहमन्त्री अर्यालको राजीनामा मागिरहँदा उनी स्वयं प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पदबाट हटाउन दबाब दिएका समाचार आइरहेका छन्।

बिहीबार मात्रै हामी नेपालमा संस्थापक सुदन गुरुङले पनि गृहमन्त्री अर्यालको राजीनामा मागेका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ